close

डिशहोमका एमडी आचार्य भन्छन्- ‘पुरानो कानुनका कारण नेपालको इन्टरनेट व्यवसाय समस्यामा छ’

टेकपाना टेकपाना

जेठ ४, २०८१ १५:३५

डिशहोमका एमडी आचार्य भन्छन्- ‘पुरानो कानुनका कारण नेपालको इन्टरनेट व्यवसाय समस्यामा छ’

काठमाडौं । डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले पुरानो कानुनी व्यवस्थाका कारण नेपालको इन्टरनेट व्यवसायले समस्या झेलिरहेको बताएका छन् । शुक्रबार विश्व दूरसञ्चार दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै आचार्यले अग्रगामी कानुनी व्यवस्था नहुँदा इन्टरनेट व्यवसायमा चुनौती भएको बताएका हुन् ।

“सरकारले समय अनुसारको नीति तथा कानुनी व्यवस्था ल्याउन नसक्दा इन्टरनेट व्यवसाय चुनौतीतर्फ गइरहेको छ,” उनले भने “तत्काल कानुन परिमार्जन गरी यस क्षेत्रको व्यवस्थामा कदम चाल्नुपर्छ ।”

त्यस्तै पूर्वाधार सहप्रयोगको अवधारणा कार्यान्वयन नहुँदा तारहरू गन्जागोल अवस्थामा रहेको उनले गुनासो गरे । ​आईओटी, डेटा सेन्टर, क्लाउड सर्भिस, टेलिभिजन उद्योग, शिक्षा क्षेत्र, सूचना तथा प्रविधि क्षेत्र र स्वास्थ्य, पर्यटन तथा कृषि क्षेत्रको दायरा विस्तार भइरहेकाले इन्टरनेट व्यवसायमा दिगो अवसर भएको उनको भनाइ थियो ।
 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८१ १५:३५