काठमाडौं । कहिलेकाहीं कम्प्युटर तथा ल्यापटपमा काम गरिरहँदा स्क्रिन खुल्लै छाड्नु पर्ने हुन्छ । स्क्रिन अफ गरौं काम रोकिने डर, नगरौं अरूले जथाभाबी लेखिदेलान् भन्ने डर ! यस्तोमा तपाईंका लागि उपयोगी हुन सक्छ, किबोर्ड लक फिचर ।
नाम जस्तै यो फिचरको काम किबोर्ड लक गर्नु हो । यस अवस्थामा किबोर्डले अस्थायी रूपमा काम गर्न छोड्छ । अर्थात् लक गर्दा तपाईंले सामान्य अवस्थामा जसरी किबोर्ड चलाउन सक्नुहुन्न । त्यसका लागि पुन: किबोर्ड अनलक गर्नुपर्ने हुन्छ ।
तपाईंले इनबिल्ट र एक्सटर्नल दुवै किबोर्ड लक/अनलक गर्न सक्नुहुन्छ । यसका लागि बिल्टइन फिचर पनि छन् । तपाईंले विभिन्न थर्ड पार्टी एपमार्फत पनि लक गर्न सक्नुहुन्छ । आज हामी किबोर्ड लक गर्ने सामान्य तरिकाबारे बताउँछदै छौं ।
विन्डोज ल्यापटपमा किबोर्ड लक गर्न तपाईंले ‘शिफ्ट’ कि कम्तीमा पनि आठ सेकेन्डसम्म थिचिरहनु पर्छ ।
त्यसपछि एउटा आवाज सहितको पपअप मेसेज आउँछ । जसमा तपाईंलले ‘एस’ क्लिक गर्नु भयो भने तपाईंको किबोर्डले काम गर्न छोड्छ । यसरी तपाईंले कुनै पनि किबोर्ड अस्थायी रूपमा लक गर्न सक्नुहुन्छ ।
पुन: यो सेटिङ हटाउन तपाईंले त्यही ‘सिफ्ट’ कि लामो समयसम्म दबाइरहनु पर्छ । सम्झनु पर्ने कुरा तपाईंले किबोर्ड लक गरेर स्क्रिन अफ गर्नु भयो भने आफैं अनलक हुन्छ ।