close

एलन मस्कको आरोपः ह्वाट्सएपले हरेक रात प्रयोगकर्ताको डेटा लिएर दुरुपयोग गर्छ

टेकपाना टेकपाना

जेठ १५, २०८१ १२:१५

एलन मस्कको आरोपः ह्वाट्सएपले हरेक रात प्रयोगकर्ताको डेटा लिएर दुरुपयोग गर्छ

काठमाडौं । सामाजिक सञ्जाल एक्सका मालिक तथा धनाढ्य उद्यमी एलन मस्कले ह्वाट्सएपले हरेक रात प्रयोगकर्ताको डेटा लिएर दुरुपयोग गर्ने गरेको दाबी गरेका छन् । हालै एक्समा एक पोस्ट राख्दै मस्कले यस्तो दाबी गरेका हुन् । 

“ह्वाट्सएपले हरेक रात तपाईंको युजर डेटा एक्सपोर्ट गर्छ,” मस्कले आफ्नो पोस्टमा लेखेका छन्, “केही मान्छेले अझै पनि यो सुरक्षित छ भन्ने ठान्छन् ।”

मारियो नफल नामक एक्स प्रयोगकर्ताले पोस्टमा लेखेका छन्, “ह्वाट्सएपले हरेक रात प्रयोगकर्ताको डेटा एक्सपोर्ट गर्छ र त्यसलाई टार्गेटेड एड्भर्टाइजिङका लागि प्रयोग गर्छ । उसले युजरलाई ग्राहक होइन प्रोडक्ट बनाएको छ ।” सो पोस्ट शेयर गर्दै मस्कले नफलको भनाइलाई थप जोड दिएका हुन् ।

ह्वाट्सएप, मस्कका कडा प्रतिद्वन्द्वी मार्क जुकरबर्गको मेसेजिङ प्लेटफर्म हो । उनी बारम्बार मेटाका विभिन्न प्लेटफर्मको चर्को विरोध गरिरहेका हुन्छन् । 

सम्बन्धित समाचारः

मार्क जुकरबर्ग र एलन मस्कको भिडन्त

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १२:१५