close

सूचना प्रविधि समेत क्षेत्रका १ हजार युवालाई सरकारले फेलोशिप दिने

टेकपाना टेकपाना

जेठ १५, २०८१ १६:२४

सूचना प्रविधि समेत क्षेत्रका १ हजार युवालाई सरकारले फेलोशिप दिने

काठमाडौं । सरकारले सूचना प्रविधि क्षेत्र समेतका युवालाई सरकारले फेलोशिप प्रदान गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै यस्तो कार्यक्रम अगाडि सारेका हुन् ।

उनका अनुसार १,००० युवालाई फेलोशिप प्रदान गरिनेछ ।

"फेलोशिप प्रदान गर्न निजी क्षेत्रलाई प्रोत्साहन गरिनेछ,” उनले भनेका छन् । त्यस्तै युवामा उद्यमशीलता प्रवर्द्धन गर्न कर्जाको सहज र सरल पहुँच पुर्‍याउने घोषणा समेत सरकारले गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८१ १६:२४