काठमाडौं । एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा आफ्नो नयाँ एनसेल सेन्टर खोलेको छ । ग्राहकहरूलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो ।
एनसेलका चिफ अफ स्टाफ, अपरेसन स्टेफन रोड्रिगेजले एक कार्यक्रममाझ आज बिहीवार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए । यो सेन्टरबाट सबै किसिमका ग्राहक सेवा प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।
आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाबारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन् ।
यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ एक्टिभेट गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवा प्राप्त गर्न सक्छन् ।