close

एक्समा आयो पोर्न सामग्री अपलोड गर्ने सुविधा

टेकपाना टेकपाना

जेठ २२, २०८१ १४:१

एक्समा आयो पोर्न सामग्री अपलोड गर्ने सुविधा

काठमाडौं । एलन मस्कको सामाजिक सञ्जाल एक्समा अब प्रयोगकर्ताले पोर्न ​तथा एडल्ट कन्टेन्ट पोस्ट गर्न पाउने भएका छन् । एक्सले सोमबार एक पोस्ट राख्दै कन्टेन्ट नियमन गर्ने आफ्नो नियममा परिवर्तन गरेको जानकारी दिएको हो । यससँगै अब सबै प्रयोगकर्ताले उक्त साइटमा एडल्ट कन्टेन्ट पोस्ट गर्न सक्नेछन् । 

एक्समा रिब्रान्ड हुनुअघि यो प्लेटफर्मले स्पष्ट रूपमा अश्लील सामग्रीमाथि प्रतिबन्ध लगाएको थिएन । पछि ट्वीटर ब्लु (अहिलेको एक्स प्रिमियम) सेवा आएपछि उक्त सब्सक्रिप्सन लिएका क्रियटरले अश्लील कन्टेन्ट राख्न पाउने भए । त्यस्ता कन्टेन्ट हेर्नका लागि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन्थ्यो । यो ठ्याक्कै ‘वन्ली फ्यान्स’ नामक प्लेटफर्मको जस्तै सुविधा थियो ।

ट्वीटर मस्कको स्वामित्वमा गएर एक्स बनेपछि भने त्यही अश्लील कन्टेन्टबाट आम्दानी गर्न नीति परिवर्तन गरिएको बताइएको छ । 

यस्ता कन्टेन्ट राख्न सबैभन्दा पहिले प्रयोगकर्ताले एक्सको प्रिमियम सेवा लिनुपर्ने हुन्छ । त्यसपछि भिडिओ राख्दा प्रयोगकर्ताले संवेदनशील कन्टेन्ट लेबल लगाउनुपर्ने हुन्छ । डिफल्ट रूपमा यस्ता कन्टेन्ट १८ वर्ष मुनिका प्रयोगकर्ताले हेर्न पाउने छैनन् ।

त्यसबाहेक यौन दुर्व्यवहार गरिएको, नाबालक वा नाबालिका देखाइएको अथवा आपराधिक लाभ लिन खोजिएको देखिए त्यस्ता भिडिओ नयाँ नीतिले प्रतिबन्ध लगाउनेछ । कम्पनीका अनुसार अश्लील फोटो वा भिडिओ प्रोफाइल पिक्चर वा ब्यानरमा भने राख्न पाइने छैन । 

सञ्चार संस्था रोयटर्सका अनुसार २०२२ मा मात्रै एक्समा पोस्ट भएका मध्ये १३ प्रतिशत एडल्ट कन्टेन्ट थिए । एक्सको नयाँ नीतिले यो संख्या अझ धेरै बढ्ने अनुमान गरिएको छ । त्यसबाहेक पछिल्लो समय डिपफेक प्रविधिको दुरुपयोग गरी अश्लील भिडिओ बनाइएका हुन्छन् । यस्ता भिडिओलाई एक्सले कसरी नियमन गर्छ भन्ने ठूलो प्रश्न उब्जिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २२, २०८१ १४:३