close

टेलिकमको नयाँ डेटा र भ्वाइस प्याक, प्रतिदिनको डेटा अब महिनाभरका लागि एकमुस्ट

टेकपाना टेकपाना

जेठ ३२, २०८१ १८:७

टेलिकमको नयाँ डेटा र भ्वाइस प्याक, प्रतिदिनको डेटा अब महिनाभरका लागि एकमुस्ट

काठमाडौं । नेपाल टेलिकमले आफ्नो भ्वाइस तथा डेटा प्याकेजलाई परिमार्जन सहित सार्वजनिक गरेको छ । कम्पनीले भोलि शनिबार अर्थात १ असार २०८१ देखि लागु हुने गरी नयाँ प्याकेज ल्याएको हो । 

कम्पनीले विशेषगरी सजिलो अनलिमिटेड अन्तर्गतका मासिक प्याकेजहरूमा परिवर्तन गरेको छ । जस अनुसार ६३६ रुपैयाँमा नौ जीबी डेटा र अन-नेट अनलिमिटेड भ्वाइस कायम राखिएको छ भने अफनेट भ्वाइस ४० मिनेटबाट बढाएर १५० मिनेट उपलब्ध गराइएको छ । तर यो प्याकेजमा यसअघि ५० ओटा अल-नेट एसएमएस उपलब्ध हुने गरेकोमा अब भने कम्पनीको नेटवर्कमा मात्रै पठाउन सकिने १०० ओटा एसएमएस पाइनेछ । 


 

 

पुरानो

नयाँ

डेटा

९ जीबी

९ जीबी

भ्वाइस अन-नेट

अनलिमिटेड

अनलिमिटेड

भ्वाइस अफ-नेट

४० मिनेट

१५० मिनेट

एसएमएस

५० अल-नेट

१०० अन-नेट

 

कम्पनीले यसअघि पोस्टपेड प्रयोगकर्ताका लागि ५९९ रुपैयाँमा उपलब्ध गराइरहेको अनलिमिटेड भ्वाइस सेवा अब प्रिपेड प्रयोगकर्ताले समेत उपयोग गर्न पाउने छन् । जसमा टेलिकमका नम्बरहरूमा अनलिमिटेड भ्वाइस कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा गर्न सकिने अफ नेट भ्वाइस कल ५० मिनेटको स्थानमा १०० मिनेट प्राप्त हुनेछ ।

 

पुरानो (पोस्टपेडमा मात्र)

नयाँ

भ्वाइस अन-नेट

अनलिमिटेड

अनलिमिटेड

भ्वाइस अफ-नेट

५० मिनेट

१०० मिनेट

 

कम्पनीले प्याकेजमा ल्याएको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन प्रतिदिन निश्चित जीबीको डेटामा हो । यसअघि ७९९ रुपैयाँमा प्रति दिन एक जीबी डेटा पोस्टपेड ग्राहकलाई ३० दिनसम्म र प्रिपेड ग्राहकलाई २८ दिनसम्म उपलब्ध हुने गरेको थियो । तर अब भने दुवै खाले प्रयोगकर्ताले ३० जीबी डेटा महिनाभर जतिखेर प्रयोग गरे पनि हुने सहजता प्रदान गरिएको छ । यस बाहेक नेटवर्क भित्र अनलिमिटेड कललाई निरन्तरता दिइएको छ भने १०० ओटा अल-नेट एसएमएसको स्थानमा १५० ओटा अन-नेट एसएमएस दिइनेछ । 

 

पुरानो

नयाँ

डेटा

पोस्टपेडमा ३० जीबी, प्रिपेडमा २८ जीबी (१ जीबी/दिन)

३० जीबी

भ्वाइस अन-नेट

अनलिमिटेड

अनलिमिटेड

एसएमएस

१०० (अल नेट)

१५० (अन-नेट)


 

प्रति दिन जीबी डेटाको झन्झट सजिलो ९९९ प्याकेजमा समेत हटाइएको छ । यसमा दैनिक दुई जीबी डेटा पोस्टपेड प्रयोगकर्ताले ३० दिनसम्म र प्रिपेड प्रयोगकर्ताले २८ दिनसम्म प्रयोग गर्दै आएकोमा अब दुवै खाले प्रयोगकर्ताले महिनाभर जतिखेर प्रयोग गरे पनि हुने गरी एकमुस्ट ६० जीबी डेटा पाउनेछ । यसअघि यो प्याकेजमा अननेट भ्वाइस कल अनलिमिटेड र अफ नेटका लागि ८० मिनेट रहेकोमा अब भने दुवै खाले कल अनलिमिटेड तुल्याइएको छ । साथै १५० अल-नेट एसएमएसको स्थानमा २०० ओटा अन-नेट एसएमएस प्राप्त गर्न सकिनेछ ।  

 

पुरानो

नयाँ

डेटा

६० जीबी पोस्टपेडमा/५६ जीबी प्रिपेडमा (२जीबी-दिन)

६० जीबी

भ्वाइस अन-नेट

अनलिमिटेड

अनलिमिटेड

भ्वाइस अफ-नेट

८० मिनेट

अनलिमिटेड

एसएमएस

१५० अल-नेट

२०० अन-नेट

यसअघि सजिलो १४९९ प्याकेजमा दैनिक चार जीबी डेटा पोस्टपेड ग्राहकले ३० दिनसम्म र प्रिपेड ग्राहकले २८ दिनसम्म पाउँदै आएका थिए । अब भने पोस्टपेडमा ३० दिनसम्म र प्रिपेडमा २८ दिनसम्म जुनसुकै बेला एकमुस्ट १२० जीबी डेटा प्रयोग गर्न सकिनेछ । यो प्याकेजमा अननेट कल मात्र अनलिमिटेड रहेकोमा अब भने अफनेट कल समेत अनलिमिटेड गरिएको छ । तर अलनट २०० एसएमएसलाई भने अन-नेट बनाइएको छ । 

 

पुरानो

नयाँ

डेटा

१२० जीबी पोस्टपेडमा/११२ जीबी प्रिपेडमा (४ जीबी-दिन)

१२० जीबी

भ्वाइस अन-नेट

अनलिमिटेड

अनलिमिटेड

भ्वाइस अफ-नेट

१०० मिनेट

अनलिमिटेड

एसएमएस

२०० अल-नेट

२०० अन-नेट

टेलिकमले अन्तर्राष्ट्रिय सेवा तर्फको इन्डिया कल प्याकेजमा समेत परिवर्तन गरेको छ । कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यसअघि एक दिनका लागि ५९ रुपैयाँमा १७ मिनेट इन्डिया कल रोमिङ उपलब्ध हुने गरेकोमा अब भने ८० रुपैयाँमा २० मिनेट कल प्राप्त हुनेछ । त्यस्तै पोस्टपेड प्रयोगकर्ताका लागि सात दिन प्रयोग गर्न मिल्ने ७५ मिनेट कलको मूल्य २५९ रुपैयाँ रहेकोमा अब भने पोस्टपेड र प्रिपेड दुवै प्रयोगकर्ताका लागि समान २७० रुपैयाँमा ७५ मिनेट कल उपलब्ध हुनेछ । 

मान्य अवधि

पुरानो शुल्क

नयाँ शुल्क

१ दिन

५९ रुपैयाँमा १७ मिनेट

८० रुपैयाँमा २० मिनेट

७ दिन

२५९ रुपैयाँमा ७५ मिनेट (पोस्टपेडमा)

२७० रुपैयाँमा ७५ मिनेट

टेलिकमले एफटीटीएचका विभिन्न प्याकेजलाई पनि थप ग्राहकमैत्री बनाइएको उल्लेख गरेको छ । जसअनुसार प्रिमियम एफटीटीएच प्याकेजहरूमा डेटा मात्र, बेसिक आईपीटिभी तथा प्रिमियम आईपीटिभी प्याकेजहरू रहेका छन् । त्यस्तै भ्वाइस सेवा मात्र प्रयोग गर्ने ग्राहकहरूका लागि बेसिक आईपीटिभी तथा प्रिमियम आईपीटिभी प्याकेजहरू र एक्सजीपोन प्याकेजहरूमा डेटा मात्र, बेसिक आईपीटिभी तथा प्रिमियम आईपीटिभीका प्याकेजहरू सुलभ दरमा उपलब्ध हुने बताइएको छ । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरी वा नेपाल टेलिकम एपमार्फत विभिन्न प्याकेजसम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् । यसका साथै कम्पनीको वेबसाइट एनटीसी डट एनईटी डट एनपी मार्फत पनि यस सम्बन्धमा विस्तृत जानकारी लिन र सेवा खरिद गर्न सकिनेछ । 

पछिल्लो अध्यावधिक: जेठ ३२, २०८१ १८:८