काठमाडौं । सामाजिक सञ्जाल एक्सले एडल्ट कन्टेन्ट राख्न दिने नीति लिएको केही समय मात्र भएको छ । यो नीति आएपछि प्रयोगकर्ताहरूले प्लेटफर्ममा एडल्ट कन्टेन्ट तथा ग्राफिक्स शेयर गर्न सक्ने भएका छन् ।
यद्यपि यसमा सबै प्रकारका प्रयोगकर्ताले एडल्ट कन्टेन्ट हेर्न तथा पोस्ट गर्न भने पाउँदैनन् । कम्पनीले १८ वर्ष नपुगेका अथवा उमेर नखुलाएका प्रयोगकर्तालाई एडल्ट कन्टेन्ट हेर्ने सुविधा दिंदैन ।
यद्यपि धेरै प्रयोगकर्ताहरूले आफूले नचाहे पनि नियमित रूपमा यस्ता सामग्री देखिरहेको बताएका छन् । यदि तपाईंको एक्स फिडमा पनि 'नट सेफ फर वर्क’ (एनएसएफडब्लू) पोस्ट आइरहेका छन् भने केही तरिका छन्, जसको सहायताबाट यस्ता पोस्ट रोक्न सक्नु हुनेछ ।
अकाउन्टलाई 'अन्डर १८' बनाउने
एक्स आफैंले अकाउन्टलाई 'अन्डर १८' बनाए एडल्ट कन्टेन्ट नदेखिने बताएको छ । त्यसो हुँदा तपाईंले आफ्नो अकाउन्टमा जन्म मिति नराख्न अथवा राखे पनि १८ वर्ष नपुग्नेगरी राख्न सक्नुहुन्छ ।
यहाँनिर सम्झनु पर्ने कुरा के छ भने अकाउन्टमा जन्म मिति नखुलाउँदा स्वत: 'अन्डर १८' मा गनिन्छ ।
निश्चित शब्दहरू ब्लक गर्ने
एक्समा सबै वयस्क सामग्रीलाई 'सेन्सेटिभ मिडिया'का रूपमा लेबल लगाइएको हुँदैन । यस कारण तपाईं आफैंले कतिपय त्यससँग सम्बन्धित शब्दहरू म्युट गर्नुपर्ने हुन सक्छ । जब तपाईंले त्यस्ता शब्दहरू म्युट गर्नु हुन्छ, एक्सले स्वत: ती शब्द समावेश गरिएका कुनै पनि पोस्ट तपाईंको फिडबाट हटाइ दिन्छ ।
यसका लागि एक्स खोल्नुहोस् ।
आफ्नो प्रोफाइलमा ट्याप गरेर सेटिङ एन्ड सपोर्टमा ट्याप गर्नुहोस् ।
'प्राइभेसी एन्ड सेफ्टी' मा क्लिक गरेर ‘म्युट एन्ड ब्लक'मा जानुहोस् ।
त्यहाँ देखिने विभिन्न विकल्प मध्ये 'म्युट वर्ड्स'मा क्लिक गर्नुहोस् ।
नयाँ इन्टरफेसमा दायाँ भागको तलतिर प्लस चिन्ह देखिन्छ । त्यसमा क्लिक गरेर माथिल्लो भागमा बन्द गर्न चाहेका शब्दहरू उल्लेख गर्नुहोस् र माथिल्लो दायाँ भागमा देखिने 'सेभ'मा क्लिक गर्नुहोस् ।
सेन्सेटिभ मिडिया लुकाउन के गर्ने ?
सबैभन्दा पहिला आफ्नो एक्स अकाउन्ट खोल्नुहोस् ।
प्रोफाइलमा ट्याप गरेर सेटिङ एन्ड सपोर्टमा पुग्नु होस् ।
'प्राइभेसी एन्ड सेफ्टी' मा क्लिक गरेर 'कन्टेन्ट यु सी'मा ट्याप गर्नुहोस् ।
त्यहाँ देखिने विकल्प मध्ये 'सेन्सेटिभ मिडिया' भित्र जानु होस् ।
अब ग्राफिक्स भायोलेन्स र एडल्ट कन्टेन्टमा क्लिक गरेर 'वार्न' अथवा 'नेभर सो दिस' छनोट गर्नुहोस् ।