close

सैपाल हिमालको काखमा नेपाल टेलिकमको सेवा

टेकपाना टेकपाना

असार १७, २०८१ १३:५९

सैपाल हिमालको काखमा नेपाल टेलिकमको सेवा

काठमाडौं । नेपाल टेलिकमले सुदूरपश्चिमको उत्तरी भेगमा अवस्थित सैपाल हिमाल क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले हुम्ला, बाजुरा र बझाङको सीमा क्षेत्रमा गत ९ असारदेखि भी-स्याट प्रविधिमार्फत टेलिफोन सेवा सञ्चालनमा ल्याएको हो । 

छ महिना बेसी र छ महिना लेक गर्ने उक्त क्षेत्रमा मानव बस्ती भने पातलो छ । अन्य माध्यमबाट टेलिफोन पुर्‍याउन कठिन भएपछि भी-स्याट प्रविधि प्रयोग गरिएको नेपाल टेलिकमका सहायक प्रवक्ता परमात्मा भट्टराईले सुनाए । 

उनका अनुसार उक्त प्रविधिमा आधारित रहेर दुई लाइन टेलिफोन जडान गरिएका छन् । जरुरी सञ्चार सम्पर्कका लागि सो क्षेत्रमा टेलिफोन सेवा पुर्‍याएको हो । तर मोबाइल सेवा भने अझै पनि उपलब्ध हुने छैन । भी-स्याट लिङ्कबाट ५१२ केबीपीएसको इन्टरनेट सेवा समेत उपलब्ध गराउन सकिने अवस्था रहेपनि निकै सुस्त हुने भएकाले त्यसतर्फ नसोचिएको टेलिकमले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असार १७, २०८१ १५:२७