close

सामाजिक सुरक्षा भत्तामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार

टेकपाना टेकपाना

असार २७, २०८१ १९:२६

फाइल तस्वीर फाइल तस्वीर

काठमाडौं । साउन १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयबाट सरकार पछि हटेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र लागू तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले २८ ओटा जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्नेगरी तयारी थालेको थियो । योसँगै सम्बन्धित जिल्लामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको भिड लागेको थियो । 

पछिल्लो अध्यावधिक: असार २७, २०८१ १९:२८