close

१८ महिनापछि सञ्चार मन्त्री रेखा शर्माको बहिर्गमन

टेकपाना टेकपाना

असार २८, २०८१ १८:५७

१८ महिनापछि सञ्चार मन्त्री रेखा शर्माको बहिर्गमन

काठमाडौं । मन्त्री रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट १८ महिनापछि बाहिरिएकी छन् । शुक्रबार सङ्घीय संसद्‌को प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत गुमाए लगत्तै मन्त्री शर्माले मन्त्रालय छोडेकी हुन् ।

मन्त्रालयबाट बिदाइ हुने क्रममा उनले करिब तीन हजार शब्द लामो भाषण समेत दिएकी छन् । १० पुस २०७९ मा प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि ३ माघदेखि उनले मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् ।

मन्त्रालयमा रहँदा आफूले कुनै नराम्रो काम नगरेको र गर्न पनि नदिएको दाबी उनको छ ।

 

सञ्चारमन्त्रीका रूपमा उनले केके गरिन् ?

  • फ्रिक्वेन्सी नीति २०८० जारी ।
  • अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ संशोधन ।
  • राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० जारी तथा राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापना ।
  • सूचना प्रविधि विधेयकको मस्यौदा तयार ।
  • सरकारी डेटा सेन्टर पुनः संरचनाको नाममा जीआईडीसीको सञ्चालन अस्तव्यस्तता ।
  • एआईको प्रयोग एवं अभ्यास सम्बन्धी अवधारणा पत्र स्वीकृत ।
  • सुरक्षण मुद्रण सम्बन्धी ऐन, २०८१ जारी ।
  • मिडिया काउन्सिल विधेयक र आमसञ्चार विधेयकको मस्यौदा तयार ।
  • टेलिभिजन प्रसारणमा आलाकार्टा मूल्य प्रणाली लागु ।
  • सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी ।
  • टिकटकमाथि प्रतिबन्ध ।
  • इन्टरनेट सेवा प्रदायकको विदेशी मुद्रा सिफारिस रोक्का ।
  • दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसँग टकराब र राजीनामाका लागि बाध्य ।
  • अर्बौं खर्चिएर खरिद गरिएका एमडीएमएस र टेरामोक्स प्रणाली कार्यान्वयनमा असहयोग ।
  • आफ्ना सल्लाहकार भूपेन्द्र भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति ।
  • नेपाल टेलिकममा आफू अनुकूल व्यक्तिलाई प्रबन्ध निर्देशक नियुक्ति गर्न नियुक्ति सम्बन्धी मापदण्डमै हेरफेर ।

पछिल्लो अध्यावधिक: असार २८, २०८१ १८:५७