close

प्रहरीले घुस मागे वा राम्ररी काम गरेनन् ? क्यूआरबाटै उजुरी दिनुहोस्

टेकपाना टेकपाना

साउन ३, २०८१ ९:४२

प्रहरीले घुस मागे वा राम्ररी काम गरेनन् ? क्यूआरबाटै उजुरी दिनुहोस्

काठमाडौं । नेपाल प्रहरीको विभिन्न तह र जिम्मेवारीमा रहेका प्रहरी कर्मचारीहरू सम्बन्धी कुनै गुनासो भए क्यूआरबाटै उजुरी दिन सकिने भएको छ । कर्मचारीले घुस मागे अथवा काम कारबाही चित्त नबुझे गुनासो पठाउन नेपाल प्रहरीले क्यूआर कोडको व्यवस्था गरेको हो । 

प्रहरीका अनुसार प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरू आफ्नो कर्तव्यप्रति उदासीन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा नागरिकले उजुरी दिन सकिनेछ ।

त्यस्तै व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानून विपरीत थुनामा राखेमा, सेवाग्राहीलाई दुर्व्यवहार गरेमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी अनावश्यक दवाब दिएमा अथवा अन्य प्रहरी कामकारवाही सम्बन्धमा समेत नागरिकले क्यूआरमार्फत गुनासो राख्न सक्नेछन् ।

गुनासोका लागि प्रहरीले उपलब्ध गराएको क्यूआर कोड

यसका लागि क्यूआर कोड स्क्यान गर्दा गुनासो फारम भर्ने व्यवस्था गरिएको छ । जुन नेपाल प्रहरीको प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखामा जानेछ । अथवा नागरिकले १११३ मा निःशुल्क फोन समेत गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: साउन ३, २०८१ ९:५२