close

युरो कपमा तहल्का मच्चाएका १७ वर्षीय यामलले इन्स्टाग्राममा पाए दोब्बर फलोअर

टेकपाना टेकपाना

साउन ३, २०८१ १०:४८

युरो कपमा तहल्का मच्चाएका १७ वर्षीय यामलले इन्स्टाग्राममा पाए दोब्बर फलोअर

काठमाडौं । युरो कप २०२४ मा तहल्का मच्चाएका १७ वर्षीय स्पेनिस खेलाडी लमिन यमालले प्रतियोगिता सकिँदा इन्स्टाग्राममा दोब्बर फलोअर पाएका छन् । युरो कपमा सबैभन्दा कम उमेरमा गोल गरेर कीर्तिमान कायम गरेपछि यमालको इन्स्टाग्राम अकाउन्टमा दोब्बरभन्दा बढीले फलोअर थपिएका छन् । 

खेल सम्बन्धी लेख्ने ईएसपीएस एफसीका अनुसार युरो कपअघि उनको इन्स्टाग्राम अकाउन्टमा करिब ७२ लाख फलोअर थिए । अहिले भने एक करोड ६४ लाख बढी फलोअर पुगेका छन् । र, फलोअरको संख्या तीव्र बढिरहेको छ । 

विशेष गरेर अर्जेन्टिनाका स्टार खेलाडी मेस्सीसँगको यमालको संयोगले पनि इन्स्टाग्राममा यो सफलता पाउनुमा भूमिका खेलेको विश्लेषण गरिएको छ । यमाल केवल ६ महिनाको हुँदा मेस्सीले फोटो सुट गराएका थिए । सो फोटो उनले फ्रान्स विरुद्ध गोल गरेपछि इन्टरनेटमा भाइरल बनेको थियो ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८१ ११:९