close

चर्को आलोचनापछि ‘निम्स दाइ’ ले सुटुक्क हटाए सगरमाथाबारे भ्रामक भिडिओ

टेकपाना टेकपाना

साउन ४, २०८१ १७:३८

चर्को आलोचनापछि ‘निम्स दाइ’ ले सुटुक्क हटाए सगरमाथाबारे भ्रामक भिडिओ

काठमाडौं । पर्वतारोही निर्मल पुर्जा पुन उर्फ ‘निम्स दाइ’ ले सगरमाथाबारे विवादस्पद भिडिओ सामाजिक सञ्जालबाट सुटुक्क हटाएका छन् । चर्को आलोचना भएपछि पुर्जाले आफ्ना सबै सामाजिक सञ्जाल अकाउन्टबाट भ्रामक भिडिओ हटाएका हुन् । 

उनले गत १३ जेठमा फेसबुक, इन्स्टाग्राम, एक्स लगायतका सामाजिक सञ्जालमा साढे दुई मिनेट लम्बाइ भएको एउटा भिडिओ पोस्ट गरेका थिए । जहाँ उनले आफूहरू सगरमाथा चढ्न हिँडेको थाहा पाएपछि कसैले डोरी काटेको आरोप लगाएका थिए ।

लगत्तै उनको भिडिओ भाइरल हुन पुग्यो ।

तर टेकपानाको फ्याक्टचेकमा निम्सले आरोप लगाए जस्तो सगरमाथामा डोरी काटिएको पाइएको थिएन । त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले समेत उक्त भिडिओ भ्रामक भएको बतायो भने उनीमाथि कारबाही गर्ने चेतावनी दियो । 

अहिले भने निम्सले कुनै आधिकारिक जानकारी नदिई भिडिओ हटाएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८१ २०:१३