close

स्पेल बी कार्यक्रमका विजेतालाई आईटी पढ्न सीआईटीई कलेजको १३ लाख बराबरको छात्रवृत्ति

टेकपाना टेकपाना

साउन ६, २०८१ ९:४६

स्पेल बी कार्यक्रमका विजेतालाई आईटी पढ्न सीआईटीई कलेजको १३ लाख बराबरको छात्रवृत्ति

काठमाडौं । टिभी कार्यक्रम स्पेल बी सिजन फाइभका विजेताहरूलाई कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड इन्जिनियरिङ (सीआईटीई) ले स्नातक तहमा छात्रवृत्ति उपलब्ध गराएको छ । हालै सम्पन्न कार्यक्रमको ग्रान्ड फिनालेमा कलेजले दुई जना विद्यार्थीलाई १३ लाख रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको हो । 

छात्रवृत्ति पाउनेमा किरणनाथ योगी र छिरिङ केसाङ शेर्पा रहेका छन् । उनीहरूले इन्फर्मेसन टेक्नोलोजी (आईटी) र इन्जिनियरिङ पढ्न छात्रवृत्ति पाएका हुन् । कार्यक्रमका विजेतालाई कलेजले पुरस्कार स्वरुप छात्रवृत्ति दिएको हो । 

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक र स्नातकोत्तर तह दुवैमा विभिन्न आईटी कार्यक्रम सञ्चालित छन् । जसमा बीसीए, बीआईटी, बीबीए, बीई कम्प्युटर, बीई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन लगायत छन् ।

पछिल्लो अध्यावधिक: साउन ६, २०८१ १२:५३