काठमाडौं । सामसङले आगामी ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीहरूलाई शुभकामना सन्देश पठाउन सकिने प्लेटफर्म सार्वजनिक गरेको छ ।
सामसङ इलेक्ट्रोनिक्स ओलम्पिकको वायरलेस सञ्चार उपकरण साझेदारको रूपमा रहँदै आएको छ । यसपालि ग्यालेक्सी एआईद्वारा सञ्चालित नवीन प्रविधि मार्फत पेरिस २०२४ ओलम्पिकसँगको सहकार्यमा सामसङ खेलाडी र फ्यानहरू बिचको सम्बन्ध बढाउन समर्पित छ ।
यसै अनुरुप नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन जनाउँदै सामसङ नेपालले आफ्ना मन पर्ने ओलम्पिक खेलाडीहरूसँग फ्यानहरूलाई जोड्न नयाँ वेबसाइट सुरु गरेको हो । यस प्लेटफर्मले पेरिस २०२४ ओलम्पिकको आफ्नो गौरव जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहन गर्न खेलकुद प्रशंसक तथा शुभचिन्तकका लागि व्यक्तिगत सन्देशहरू पठाउने माध्यमको रूपमा काम गर्नेछ ।
यसमार्फत आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन तपाईंले यो वेब पेजमा गएर आफूलाई मन पर्ने खेलाडीलाई छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सक्नु हुनेछ । यी सन्देश खेलाडीहरूले पेरिस २०२४ ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानु अघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
पेरिस २०२४ ओलम्पिकको लागि संसार भेलाहुँदै गर्दा, सामसङले यस ऐतिहासिक कार्यक्रमको हिस्सा बन्न सबैलाई आमन्त्रित समेत गरेको छ । विश्व मञ्चमा उत्कृष्टताका लागि प्रयासरत नेपाली खेलाडीहरूलाई आफ्नो विशेष समर्थन सहितको सन्देश पठाउन यहाँ क्लिक गर्न सक्नु हुनेछ ।