close

नेपाली बजारमा एक वर्षमै भित्रिए १८ लाख ३९ हजार स्मार्टफोन, सबैभन्दा बढी चीनबाट आयात

टेकपाना टेकपाना

साउन ९, २०८१ ९:४४

नेपाली बजारमा एक वर्षमै भित्रिए १८ लाख ३९ हजार स्मार्टफोन, सबैभन्दा बढी चीनबाट आयात

काठमाडौं । नेपाली बजारमा एक वर्षमै १८ लाख बढी स्मार्टफोन भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ मा १८ लाख ३९ हजार ३५ स्मार्टफोन नेपाल भित्रिएका छन्, जसको मूल्य करिब दुई अर्ब ८६ करोड ६६ लाख रुपैयाँ छ । 

सबैभन्दा धेरै स्मार्टफोन चीनबाट १३ लाख ३२ हजार ४३ फोन आयात गरिएको छ, जसको कुल मूल्य एक अर्ब ८९ करोड रुपैयाँ बराबर छ । चीनपछि भारत, अमेरिका, जापान र संयुक्त अरब इमिरेट्सबाट स्मार्टफोन आयात हुने गरेको छ ।

यस वर्षको आयात गत वर्षको तुलनामा १५ प्रतिशतले बढी हो । आर्थिक वर्ष ०७९/८० मा १५ लाख ६९ हजार ५९६ स्मार्टफोन आयात गरिएको थियो, जसको मूल्य दुई अर्ब ४३ करोड ७६ लाख रुपैयाँ थियो ।

यस वर्षको स्मार्टफोन आयातबाट राज्यले ५३ करोड ३९ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८१ ९:५३