close

कर्मचारीले ग्राहकलाई गर्ने व्यवहार निरीक्षण गर्न सुपरमार्केटमा एआई प्रविधिको प्रयोग

टेकपाना टेकपाना

साउन १०, २०८१ १५:३५

कर्मचारीले ग्राहकलाई गर्ने व्यवहार निरीक्षण गर्न सुपरमार्केटमा एआई प्रविधिको प्रयोग

काठमाडौं । जापानको एक सुपरमार्केटले कर्मचारीले ग्राहकलाई गर्ने व्यवहार निरीक्षण गर्न एआई प्रयोग गरेको छ । ‘एईओन’ नामको सुपरमार्केटले देशभरका आफ्ना २४० आउटलेटमा ‘मिस्टर स्माइल’ एआईको प्रयोग गरेको हो ।

यो एआईले कर्मचारी मुस्कुराएर कुरा गर्छन् वा गर्दैनन्, ग्राहकसँग बोल्दा राम्रो व्यवहार देखाउँछन् वा देखाउँदैनन्, ग्राहकलाई सामान खरिद गर्न सहज बनाउँछन् वा बनाउँदैनन् भन्ने विषयको जानकारी राख्छ ।

एआई टुलले स्टाफको आवाजको टोनदेखि, कति चर्को वा मसिनो स्वरमा बोल्छन्, अनुहारको भाव कस्तो बनाउँछन् भन्ने लगायतका ४५० गतिविधि निगरानी गर्ने बताइएको छ ।

यस सुपरमार्केटका ३४०० भन्दा बढी स्टाफहरू छन् । एआई टुल राखेपछि कर्मचारीले उनीहरूले देखाउने व्यवहार अनुसार सम्मान गरिने भएकाले पनि कर्मचारी काम गर्न प्रेरित भएको बताइएको छ ।

यसले गर्दा कम्पनीलाई सहज भए पनि ग्राहकले कर्मचारीप्रति गर्ने दुर्व्यवहार बढाउने चिन्ता व्यक्त गरिएको छ ।

पछिल्लो अध्यावधिक: साउन १०, २०८१ १५:५९