close

पोखरा विश्वविद्यालयमा ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै

टेकपाना टेकपाना

साउन ११, २०८१ १३:२३

पोखरा विश्वविद्यालयमा ट्रान्सक्रिप्ट लगायतका सेवा अनलाइनबाटै

काठमाडौं । अब पोखरा विश्वविद्यालयको शैक्षिक प्रमाणपत्रहरू प्राप्त गर्न अनिवार्य रूपमा अनलाइन आवेदन दिनुपर्ने भएको छ । विश्वविद्यालयले अनलाइनमार्फत आएका आवेदनहरू मात्र स्वीकार गर्ने गरी शैक्षिक प्रमाणपत्रका लागि यो व्यवस्था लागू गरेको हो ।

पहिले विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले प्रदान गर्ने सबै प्रकारका प्रमाणपत्रहरू प्राप्त गर्न विद्यार्थीले अनलाइन आवेदन दिनुपर्ने थियो । परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीका अनुसार यो सेवा पहिला दीक्षान्त प्रमाणपत्रमा मात्र सीमित थियो, तर अब ट्रान्सक्रिप्ट, माइग्रेसन, र प्रोभिजनल प्रमाणपत्रहरूमा पनि लागू गरिएको छ ।

अब यी प्रमाणपत्रहरू प्राप्त गर्न विश्वविद्यालयले कुनै पनि प्रकारको भौतिक फाराम नलिने भएको छ । आवश्यक भुक्तानी पनि अनलाइनमार्फत गर्न सकिने व्यवस्था गरिएको छ ।

यसअघि शैक्षिक प्रमाणपत्रहरू प्राप्त गर्न विद्यार्थीहरू परीक्षा नियन्त्रण कार्यालयमा जानुपर्ने बाध्यता थियो । अब विद्यार्थीहरूले भौतिक रूपमा उपस्थित हुनु नपर्ने र प्रमाणपत्रको अवस्था अनलाइनमार्फत हेर्न सक्नेछन् । यद्यपि, प्रमाणपत्र लिन भने भौतिक रूपमा उपस्थित हुनुपर्ने छ ।

विद्यार्थीहरूले शैक्षिक प्रमाणपत्रको आवेदन यहाँ क्लिक गरेर दिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८१ १३:२३