close

विभागको सर्भरमा पुन: समस्या, भोलि हुने ट्रायल पर्सिलाई सर्‍यो

टेकपाना टेकपाना

साउन १३, २०८१ १८:१२

विभागको सर्भरमा पुन: समस्या, भोलि हुने ट्रायल पर्सिलाई सर्‍यो

काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा पुन: समस्या आउँदा सोमबार हुनुपर्ने ट्रायल मङ्गलबारलाई सरेको छ ।

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र ठूलोभर्‍याङले आइतबार एक सूचना निकाल्दै ट्रायलको मिति सरेको जानकारी दिएको हो ।   

“मिति २०८१/०४/१३ गते (आइतबार) वर्ग थप गरी राजस्व बुझाएका सबै सेवाग्राहीको ट्रायल परीक्षा मिति २०८१/०४/१४ गते (सोमबार) हुन्छ भनिएकोमा यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा आएको प्राविधिक समस्याका कारण सो ट्रायल परीक्षा मिति २०८१/०४/१५ गते (मङ्गलबार) का दिन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागी अनुरोध छ,” कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

 

 

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ १८:४३