close

पोखरा विश्वविद्यालयको स्नातक इन्जिनियरिङमा खुलो भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

साउन १४, २०८१ १८:२२

पोखरा विश्वविद्यालयको स्नातक इन्जिनियरिङमा खुलो भर्ना, यसरी दिनुहोस् अनलाइन आवेदन

काठमाडौं । पोखरा विश्वविद्यालयले शैक्षिक सत्र २०८१/८२ का लागि स्नातक तहमा इन्जिनियरिङ विषयको भर्ना खुला गरेको छ । हालै एक सूचना जारी गर्दै विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङले विभिन्न विषयमा भर्ना खुलाएको हो ।  

यसअन्तर्गत ब्याचलर अफ कम्प्युटर इन्जिनियरिङ, ब्याचलर अफ सफ्टवेयर इन्जिनियरिङ, ब्याचलर अफ इन्जिनियरिङ इन इन्फर्मेसन टेक्नोलोजी, ब्याचलर अफ इलेक्ट्रिकल एन्ड इक्लेक्ट्रोनिक्स इन्जिनियरिङ लगायतका विषय रहेका छन् । 

यी विषयमा भर्ना हुन चाहने विद्यार्थीले कक्षा ११/१२ फिजिक्स, केमेस्ट्री र म्याथम्याटिक्स विषय लिई कम्तीमा ४५ प्रतिशत अथवा २.० सीजीपीए ल्याएको हुनु पर्छ । इच्छुक विद्यार्थीले ९ भदौसम्म अनलाइन आवेदन दिन सक्ने छन् । 

यी विषयमा भर्नाका लागि लिइने प्रवेश परीक्षा भने ११ भदौमा हुनेछ । जसमा केन्द्रीय क्याम्पस, पोखरा, युनिग्लोब कलेज-नयाँ बानेश्वर र बोस्टन इन्टरनेसनल कलेज, भरतपुर चितवन रहेका छन् । 

विश्वविद्यालयका अनुसार यी कोर्सको शुल्क र कोटा निम्न अनुसार रहेको छ:

विश्वविद्यालयले यसअघि नै स्नातक तहमा भर्ना हुने करिब २५० आईटीका विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिन आवेदन आह्वान गरिसकेको छ । त्यसबारे बुझ्न यहाँ र पूर्ण शुल्किय कोटामा आवेदन दिन यहाँ क्लिक गर्नुहोस् । 




 

पछिल्लो अध्यावधिक: साउन १४, २०८१ १८:२२