close

एआईले भरिपूर्ण एसुस ल्यापटप नेपाली बजारमा, मूल्य दुई लाख १० हजार रुपैयाँ

टेकपाना टेकपाना

साउन १५, २०८१ १८:२१

एआईले भरिपूर्ण एसुस ल्यापटप नेपाली बजारमा, मूल्य दुई लाख १० हजार रुपैयाँ

 

काठमाडौं । एसुस भिभोबुक एस १५ नेपाली बजारमा भित्रिएको छ ।​ एसुसका लागि नेपालको आधिकारिक वितरक नागमणि इन्टरनेसनलले एआईले भरिपूर्ण यो ल्यापटप नेपाली उपभोक्ताका लागि भित्र्याएको हो ।

एआई फिचरका लागि एसुसले माइक्रोसफ्ट र क्वालकमसँग सहकार्य गरेको हो ।  कम्पनीले यसलाई अल्ट्राथिन र लाइटवेट एआई पीसीका रूपमा परिभाषित गरेको छ ।

१५.६ इन्च डिस्प्ले रहेको ल्यापटप स्न्यापड्रागन एक्स लाइट प्रोसेसरद्वारा सञ्चालित छ । यो नै एसुसको पहिको कोपाइलट प्लस पीसी हो ।

प्रयोगकर्ताको कामलाई सहज बनाउन कम्पनीले यसमा विशेष किसिमका एआई एपहरू समावेश गरेको छ । खासगरी ‘एसुस एआई एप’ नामको कलेक्सनमा कम्पनीले थुप्रै एआई एपहरू उपलब्ध गराएको छ । यसमा विन्डोज एआई फिचर पनि समावेश गरिएको कम्पनीले जनाएको छ । 

ल्यापटपमा भएको एसुस लुमिना ओलेड डिस्पेले थ्रीके १२० हर्ज रिफ्रेसरेटसम्म सपोर्ट गर्ने बताइएको छ । यसलाई एक पटकको चार्जमा १८ घण्टासम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । त्यसका लागि यसमा ७० वाट आवरको ब्याट्री राखिएको छ । यसलाई यूएसबी-सीबाटै चार्ज गर्न सकिन्छ ।

ल्यापटपको तौल १.४२ किलोग्राम रहेको छ । 

एआई पावर !

यो ल्यापटप एआईकै कारण बढी चर्चामा छ । खासगरी एआई सपोर्ट गर्ने हाई-इन्ड हार्डवेयर भएको र माइक्रोसफ्टका एआई फिचर एक्सक्लुसिभ रूपमा उपलब्ध गराउन लागेको कम्पनीले जनाएको छ ।

एआई प्रोसेसिङका लागि उत्कृष्ट ४५ न्युरल इन्जिन पनि प्रयोग गरिएको ल्यापटपमा ३२ जीबीसम्मको ८४४९ मेगाहर्ज एडपीडीडीआर ५ एक्स र्‍याम र अल्ट्राफास्ट १ टीबी पीसीएलई ४.० एसएसडी समावेश छ । 

यसमा एआईद्वारा सञ्चालित एसुस एआईसेन्स आईआर क्यामेरा राखिएको छ । यसले विन्डोज स्टुडियो इफेक्टको सुविधा दिने कम्पनीले जनाएको छ । उक्त क्यामेराले वातावरणको प्रकाशलाई आधार बनाई कति प्रकाश सोस्ने त्यो अनुसार एडप्टिभ डिमिङको सुविधा दिने बताइएको छ । 

त्यस्तै प्रयोगकर्ता कम्प्युटरमा आउनासाथ खुल्ने र टाढा जानासाथ बन्द हुने स्मार्ट लक एन्ड अनलकको सिस्टम पनि यसमा छ । त्यस्तै बिग्रिएका रअ फाइल्स एक्सपोर्ट गर्न डिजिटल सम्पत्ति व्यवस्थापन, एडिट र शर्ट गर्नका लागि 'स्टोरीक्युब' नामको एआई एप पनि उपलब्ध छ । 

भिडिओ कलका दौरान पोट्रेट मोड अन गर्न र ब्याकग्राउन्ड न्वाइज घटाउन पनि विन्डोज स्टुडियो इफेक्ट्सले सहयोग गर्ने कम्पनीले जनाएको छ । त्यस्तै यसमा स्केचहरूलाई स्तरीय आर्टवर्कमा परिणत गर्ने फिचर पनि दिइएको छ । 

यसमा आरजीबी ब्याकलिट कीबोर्ड रहेको छ । प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार किबोर्डको लाइट कस्टमाइज गर्न सक्छन् । 

कनेक्टिभिटीका सन्दर्भमा फास्ट चार्जिङका लागि यूएसबी फोर पोर्ट रहेको छ । यसले फोरके एक्सटर्नल डिस्प्ले सपोर्ट गर्ने कम्पनीको भनाइ छ । त्यस्तै ४० जीबीपीएसका दरले ल्यापटपबाट डेटा ट्रान्सफर गर्न सकिन्छ ।

यसमा दुई ओटा यूएसबी ३.२ जेन वन टाइप-ए पोर्ट राखिएका छन् । त्यस्तै एचडीएमआई २.१ पोर्ट, माइक्रो एसडी कार्ड रिडर, अडियो कम्बो ज्याकको समेत सुविधा दिइएको छ । यसले वाई-फाई सेभेन सपोर्ट गर्ने बताइएको छ ।

क्वाल्कमको फास्ट कनेक्ट ७८९९ सिस्टमको सहायाले उक्त वाई-फाई प्रयोग गर्न सकिन्छ । यसले ५.८ जीबीपीएसको स्पिड सपोर्ट गर्ने दाबी कम्पनीले गरेको छ । 

यस ल्यापटपको मूल्य दुई लाख नौ हजार ९०० रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: साउन १५, २०८१ १८:२१