close

चाँगुनारायण नगरपालिकामा अब पूर्ण ड्रोन इमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली

टेकपाना टेकपाना

साउन १५, २०८१ २२:९

चाँगुनारायण नगरपालिकामा अब पूर्ण ड्रोन इमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण ड्रोन इमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली लागू गरेको छ । सोमवार एक कार्यक्रम गर्दै नगरपालिकाले नेपालमै पहिलो पटक पूर्ण ड्रोन इमेजमा आधारित मेट्रिक प्रणालीको घर नम्बरिङ कार्यान्वयनमा ल्याएको जानकारी दिएको हो ।

यससँगै, चाँगुनारायण नगरवासीले गल्ली म्याप्स र पालिकाको ओपन डेटा पोर्टलमार्फत आफ्नो घरमा तीन सेकेन्डसम्म प्रेस गरेर घर नम्बर पत्ता लगाउन सक्नेछन् । यस प्रणालीमा  समस्या आए गुनासो व्यवस्थापन गर्नेगरी फिचर थप्न लागेको समेत नगरपालिकाले जनाएको छ ।

यस प्रणालीमा २०७८ सालसम्म बनेका घरहरूको नम्बरिङ भइसकेको र सो समयपछि बनेका घरहरूको नम्बर मेट्रिक एड्रेसिङ म्यानेजमेन्ट सिस्टममार्फत चाँडै नै प्रणालीमा प्रविष्ट गरिने नगरपालिकाको भनाइ छ ।

नगरपालिकालाई यस कार्यमा नक्सा प्रा.लि., पिस नेपाल, गल्ली म्याप्स, काठमाडौँ विश्वविद्यालय, एयर लिफ्ट टेक्नोलोजी, पाथवे टेक्नोलोजी, नेपाल फ्लाइङ ल्याब्स, जियोभेसन नेपाल जस्ता कम्पनी तथा संस्थाले सहयोग गरेका छन् ।

पछिल्लो अध्यावधिक: साउन १५, २०८१ २२:२८