close

इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकमको लाइसेन्स खारेज

टेकपाना टेकपाना

साउन २८, २०८१ १५:१०

इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकमको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी इन्फोकम प्रालिको लाइसेन्स खारेज गरेको छ । कम्पनीले १४ असार २०८१ सम्म समयावधि बाँकी रहेको आफ्नो अनुमतिपत्र अन्तर्गत थप सेवा सञ्चालन गर्न नचाहेको जानकारी गराएपछि नियामकले रद्‍द गर्ने निर्णय लिएको हो ।

आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले यस विषयमा सार्वजनिक सूचना प्रकाशित गरेर जानकारी गराएको छ । उक्त कम्पनीलाई आर्थिक वर्ष २०८०/०८१ सम्मको अडिटेड वित्तीय प्रतिवेदन अनुसार तिर्न बुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी वापतको रकम यथाशीघ्र बुझाउन समेत प्राधिकरणले भनेको छ ।

हाल प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायकको सङ्ख्या ११४ रहेको छ । 

पछिल्लो अध्यावधिक: साउन २९, २०८१ १३:३७