close

सञ्चालनमा आयो विद्युतीय सामग्री लक्षित ईकमर्स प्लेटफर्म ईसगुन

टेकपाना टेकपाना

भदौ ३, २०८१ १२:३४

सञ्चालनमा आयो विद्युतीय सामग्री लक्षित ईकमर्स प्लेटफर्म ईसगुन

काठमाडौं । इलेक्ट्रोनिक सामान लक्षित नयाँ ईकमर्स प्लेटफर्म ईसगुन डटकमले आफ्नो सेवा सुरु गरेको छ । नेपाली उपभोक्तालाई मध्यनजर गर्दै विभिन्न ब्रान्डका गुणस्तरीय इलेक्ट्रोनिक सामानहरू उपलब्ध गराउने लक्ष्यसहित ईसगुन सुरु भएको हो ।

आफ्नो सेवा सुरु गरेको औपचारिक घोषणा गर्दै इलेक्ट्रोनिक्स सामाग्रीहरूमा नवीनतम प्रविधिको खोजी गर्ने प्रविधि प्रेमीहरूको विश्वसनीय गन्तव्य बन्ने लक्ष्य कम्पनीले लिएको छ । ईसगुनमा इयबड्स, स्मार्ट वाच, स्मार्ट फोनको कभर, चार्जर, लाइभ भिडियो शुट लगायत इलेक्ट्रोनिक्स उपकरणहरू पाउन सकिनेछ । ईसगुनका प्रमुख कार्यकारी अधिकृत सजेश बाडे नेपालको ई–कमर्स क्षेत्रमा ईसगुन सार्वजनिक भएको जानकारी गराउन पाउँदा आफू निकै उत्साहित भएको सुनाए ।

उनले गुणस्तरीय इलेक्ट्रोनिक्स सामग्री तथा एक्सेसरिज सम्बन्धी ग्राहकहरूका सम्पूर्ण अपेक्षा पूरा गर्नुका साथै सन्तुष्टि समेत सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘हामी सरल, सहज र प्रभावकारी किनमेल अनुभव प्रदान गर्न र नेपालमा इलेक्ट्रोनिक सामानहरूको गुणस्तरमा उत्कृष्टता ल्याउन प्रतिबद्ध छौं,’ उनले भने ।

बाडेले नेपालमा इलेक्ट्रोनिक्स सामाग्री तथा तीनका एक्सेसरिजको अनलाइन किनमेल अनुभवलाई परिष्कृत गर्न कम्पनी तयार रहेको बताए । "असाधारण सुविधा र गुणस्तर प्रदान गर्ने उद्देश्यसहित यस प्लेटफर्मको सुरुवातले बजारमा ठूलो प्रभाव पार्ने कुरामा हामी निश्चित छौं," उनले भने ।

पछिल्लो अध्यावधिक: भदौ ३, २०८१ १४:२९