काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म तथा भिडिओ स्ट्रिमिङ प्लेटफर्म कान्तिपुर सिनेमाजमा नेपाली चलचित्र ‘नाङ्गो गाउँ’को स्ट्रिमिङ सुरु भएको छ । रक्षा बन्धनको अवसरमा सोमबार कान्तिपुर सिनेमाजले पछिल्लो समय चर्चित फिल्म नाङ्गो गाउँ देखाउन थालेको हो ।
दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्र गत वर्षको २९ भदौंमा चलचित्र घरहरूमा प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रवीन्द्र झा, विशाल पहारी लगायतले अभिनय गषरेका छन् ।
नाङ्गो गाउँबाहेक ७ असारमा सार्वजनिक भएको नायिका पूजा शर्मा अभिनीत फिल्म 'दान्भी' पनि प्रदर्शनमा आएको कान्तिपुर सिनेमाजका सीईओ प्रकाश पुरीले जानकारी दिए ।
सीईओ पुरीका अनुसार हाल यस एपमा फिचर फिल्म, अवार्ड विजेता शर्ट फिल्म, वेब सिरिज, प्ले सिरिज र मिनी सिरिज गरी ३० ओटा प्रिमियम कन्टेन्ट उपलब्ध छन् । विश्वभर जुनसुकै स्थानबाट कान्तिपुर सिनेमाजको वेबसाइट लगइन गरेर वा मोबाइल एप डाउनलोड गरेर यसमा उपलब्ध भिडिओ सामग्री हेर्न सकिन्छ ।
मासिक २९९ रुपैयाँ तिरेर कान्तिपुर सिनेमाजको सब्स्क्रिप्सन लिन सकिन्छ । एक पटक सब्क्रिप्सन लिएपछि यो एपमा भएका सबै प्रिमियम कन्टेन्ट हेर्न सकिन्छ । कान्तिपुर सिनेमाजको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस् ।