close

नेपालमा पनि सामसङ ग्यालेक्सी ए सिरिजका फोनमा ‘सर्कल टू सर्च’ फिचर उपलब्ध

टेकपाना टेकपाना

भदौ ६, २०८१ १४:१८

नेपालमा पनि सामसङ ग्यालेक्सी ए सिरिजका फोनमा ‘सर्कल टू सर्च’ फिचर उपलब्ध

काठमाडौं । सामसङले नेपालमा पनि ग्यालेक्सी ‘ए’ सिरिजका फोनमा 'सर्कल टू सर्च' सुविधा उपलब्ध गराएको छ । ग्यालेक्सी इकोसिस्टमका थप डिभाइसमा मोबाइल एआईको पहुँच विस्तार गर्ने उद्देश्य राखी कम्पनीले मिड रेन्जका ग्यालेक्सी ए५५ र ए३५ फाइभजी स्मार्टफोनमा यस्तो फिचर उपलब्ध गराएको हो । 

कम्पनीले ग्यालेक्सी ट्याब एस नाइन एफई सिरिजमा समेत यो फिचर उपलब्ध भएको जानकारी दिएको छ । 

गुगलसँग सहकार्य ल्याइएको सर्कल टू सर्चमार्फत एपहरू स्विच नगरिकनै साधारण जेस्चरद्वारा कुनै पनि कुरा खोज्न सकिन्छ । यस फिचरले प्रयोगकर्तालाई आफ्नो स्क्रिनमा कुनै वस्तु वा पाठलाई सर्कल गरेर त्यसबारे थप जानकारी प्राप्त गर्न सजिलो बनाउने कम्पनीको भनाइ छ ।

के हो सर्कल टू सर्च ?

सर्कल टू सर्च एक इनोभेटिभ फिचर हो, जसले प्रयोगकर्तालाई आफ्नो स्मार्टफोनको स्क्रिनमा देखेको कुनै पनि कुराको बारेमा थप जान्न मद्दत गर्छ । उदाहरणका लागि, यदि तपाईंले कुनै चलचित्रको पोस्टर देख्नुभयो भने तपाईंले त्यो पोस्टरलाई सर्कल गरेर त्यस चलचित्रको बारेमा थप जानकारी, जस्तै रिलिज मिति, कलाकार, ट्रेलर आदि पाउन सक्नुहुन्छ । यसले तपाईंलाई अनलाइन खोजी गर्ने झन्झटबाट मुक्त गर्छ ।

कसरी प्रयोग गर्ने सर्कल टू सर्च ?

सर्कल टू सर्च प्रयोग गर्न धेरै सजिलो छ । तपाईंले केवल आफ्नो स्क्रिनमा देखेको कुनै पनि वस्तु वा टेक्स्टलाई सर्कल गर्नुपर्छ र तपाईंलाई चाहिने जानकारी प्राप्त गर्नुपर्छ । यो फिचरले फोटो, भिडिओ, वेब पेज जस्ता विभिन्न प्रकारका फाइल फर्म्याटहरूलाई सपोर्ट गर्छ ।

यसमा पूरै पेजको अनुवाद गर्नदेखि गृहकार्यमा सहयोग र क्यूआर तथा बारकोड स्क्यानिङ क्षमता रहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८१ १४:३३