close

नास्टमा नवप्रवर्तन सहायक अनुसन्धानकर्ताका लागि जागिरको अवसर, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

भदौ ७, २०८१ १३:५३

नास्टमा नवप्रवर्तन सहायक अनुसन्धानकर्ताका लागि जागिरको अवसर, यसरी दिनुहोस् आवेदन

 

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकका लागि आवेदन दिन आह्वान गरेको छ । शुक्रवार एक सूचना जारी गर्दै नास्टले यी दुई पदमा दरखास्त दिन आह्वान गरेको हो । 

नास्टको प्रविधि संकाय अन्तर्गत 'नवीनतम अनुसन्धान, प्रविधि हस्तान्तरण' शीर्षकमा आर्थिक वर्ष २०८१/८२ का लागि स्वीकृत परियोजना सञ्चालन गर्न यी जनशक्ति माग गरिएको छ । नवप्रवर्तन सहायक अनुसन्धानकर्ता र नवप्रवर्तन परियोजना सहायकले बढीमा एक आर्थिक वर्षसम्म काम गर्न सक्नेछन् ।

जसअनुसार नवप्रवर्तन सहायक अनुसन्धानकर्तामा मेकानिकल इन्जिनियर दुई जना, इलेक्ट्रोनिक्स / इलेक्ट्रिकल इन्जिनियर एक जना र कम्प्युटर इन्जिनियर एक जनालाई नास्टले अवसर दिने छ । त्यस्तै नवप्रवर्तन परियोजना सहायक अन्तर्गत डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ दुई जना, डिप्लोमा इन इलेक्ट्रोनिक्स/इलेक्ट्रिकल एक जनाले अवसर पाउनेछन् । 

इच्छुक व्यक्तिले तीन साताभित्र ललितपुरस्थित नास्टको केन्द्रीय कार्यालयमा वा [email protected] मा मेल पठाएर आवेदन दिन सक्नेछन् ।

नास्टले चालु आर्थिक वर्षमा नै विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुकका युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग प्रदान गर्ने उद्देश्यले समेत प्रस्ताव पेस गर्न आह्वान गरेको छ ।

हेर्नुहोस् सूचना

 

पछिल्लो अध्यावधिक: भदौ ७, २०८१ १५:१०