काठमाडौं । साउन महिनामा नेपालमा विभिन्न ब्रान्ड र क्षमताका ३८१ बिजुली गाडी आयात गरिएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा ८९ करोड ७० लाख रुपैयाँ मूल्य बराबरका बिजुली गाडी नेपाल भित्रिएका हुन् ।
सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका गाडी आयात भएका छन् । यस सेग्मेन्टमा ५८ करोड ६८ लाख मूल्यका २१६ गाडी भित्रिएका छन् ।
त्यस्तै, ५० किलोवाटसम्मका २८ करोड ९८ लाख मूल्य बराबरका १६१ गाडी आयात भएका छन् ।
१०१ देखि २०० किलोवाट र ३०० किलोवाटमाथिका बिजुली गाडी एक-एक ओटा आयात भएका छन् भने २०१ देखि ३०० किलोवाटसम्मका दुई ओटा गाडी भित्रिएका छन् ।
गत आवको पहिलो महिनामा १०७ बिजुली गाडी मात्र आयात भएका थिए, जसमा २०० किलोवाटभन्दा माथिका गाडीहरू थिएनन् ।