काठमाडौं । नेपाली बजारमा दीपल ब्राण्डको नयाँ बिजुली कार ‘दीपल एल ०७’ सार्वजनिक भएको छ । नाडा अटो शो २०२४ को पहिलो दिन मङ्गलबार चिनियाँ कम्पनी चाङ्गनको नेपालस्थित आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो गाडी सार्वजनिक गरेको हो ।
‘दीपल एल ०७’ को मूल्य ६९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
गाडीमा ९९ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर प्रयोग गरिएको छ । यसले अधिकतम ३२० न्युटन मिटर टर्क उत्पादन गर्ने बताइएको छ ।
कम्पनीका अनुसार कारले ५४० किलोमिटर एनईडीसी र ४८५ किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । यसमा टर्नरी लिथियम (एनएमसी-NMC) ब्याट्री प्रयोग भएको छ, जसको क्षमता ६८ किलोवाट आवर छ ।
डीसी चार्जरमार्फत ३५ मिनेटमै ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुने कम्पनीको दाबी छ । यसमा भीटूएल सिस्टम र स्मार्ट रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि दिइएको छ।
गाडीमा इलेक्ट्रिक पावर स्टेरिङ (ईपीएस), म्याफेर्सन स्ट्रट फ्रन्ट सस्पेन्सन र एच-आर्म मल्टिलिङ्क इन्डिपेन्डेन्ट रियर सस्पेन्सन जडान गरिएको छ ।
त्यस्तै अगाडिको ब्रेकिङ सिस्टममा भेन्टिलेटेड डिस्क र पछाडिकोमा डिस्क ब्रेक प्रयोग भएको छ ।
एलईडी स्टेलर डे टाइम रनिङ लाइट, एलईडी स्टार फ्लेम थ्रू-पाइप टेललाइट्स, इलेक्ट्रिक हिडन डोर ह्यान्डल्स, हिट रेसिस्टेस प्यानोरामिक ग्लास रूफ र फ्रेमलेस डोर विन्डोज यसका अन्य आकर्षण हुन् ।
साथै अगाडिको विन्डशिल्डमा डिफगिङ सिस्टम र फ्रन्ट बोनलेस वाइपर्स पनि समावेश छ ।
गाडीको भित्रपट्टि मल्टि-फङ्सन स्टेरिङ ह्विल, फोर-पावर एडजस्टेबल ड्राइभर सिट र फोर-वे पावर एडजस्टेबल ल्युम्बार सपोर्ट रहेका छन् । यात्रुका लागि सिट पोजिसन मेमोरी र वेलकम फङ्सन, रियर सेन्टर आर्मरेस्ट र ६०ः४० फोल्डेबल रियर सिटको सुविधा यसमा छ ।
दीपल एल ०७ मा चार ओटा ड्राइभ मोड रहेका छन् । यसमा १४ इन्चको ल्यान्डस्केप टचस्क्रिन, १०.२ इन्च एलसीडी मीटर र १४ ओटा स्पीकर सहितको साउन्ड सिस्टम उपलब्ध छ ।
यसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो र ब्लुटुथ फोन कनेक्टिभिटी पनि छ । जेस्चर रिकग्निसन, भ्वाइस कन्ट्रोल र ओभर द एयर सपोर्ट (OTA) यसका थप आकर्षक फिचर हुन् । वायरलेस चार्जिङ सिस्टम, स्मार्ट की, क्याबिन इन्टेलिजेन्ट सिनारियो मोड गाडीका अन्य फिचर हुन् ।
सुरक्षाका लागि फ्रन्ट एयरब्याग, साइड एयरब्याग्स, साइड कर्टन एयरब्याग्स, एबीएस, ईबीडी, ईएसपी, टीसीएस र हिल होल्ड कन्ट्रोल (HHC) सिस्टम राखिएको छ । ३६० डिग्री अराउन्ड भ्यू क्यामेरा, रियर क्रस ट्राफिक अलर्ट (RCTA), र डोर ओपन वार्निङ सिस्टम पनि गाडीमा उपलब्ध छन् ।
गाडीको लम्बाइ ४८२० एमएम, चौडाइ १८९० एमएम र उचाइ १४८० एमएम रहेको छ । दीपल एल ०७ को ह्विलबेस २९०० एमएम छ । यस गाडीमा पाँच सिट क्षमता छ । गाडीको बुटस्पेस ४७३ लिटरसम्म रहेको छ । फ्रङ्क स्पेस भने ७० लिटरसम्म रहेको छ ।