close

दीपल एस०७ को नयाँ भेरियन्ट सार्वजनिक, ५ वर्षको लागि नि:शुल्क सुविधाहरू उपलब्ध

टेकपाना टेकपाना

साउन १८, २०८२ १७:३१

दीपल एस०७ को नयाँ भेरियन्ट सार्वजनिक, ५ वर्षको लागि नि:शुल्क सुविधाहरू उपलब्ध

काठमाडौँ । नेपालका लागि दीपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले एसयूभी दीपल एस०७ को अपग्रेडेड भर्सन एस०७ आईसीए नेपाली बजारमा सार्वजनिक गरेको छ । 

यो नयाँ भेरियन्टले नेक्स्ट जेनेरेसन कनेक्टिभिटी, रिफ्रेस्ड डिजाइन र एड्भान्स्ड इन्टेलिजेन्ट फिचरमार्फत ईभीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने कम्पनीको विश्वास छ । यो नयाँ भेरियन्ट नेबुला ब्लु रङ्गमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

एस०७ को यो नयाँ भर्सनमा कम्पनीले ६८.८ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरेको छ जसले ४१० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिनेछ ।

यस अवसरमा कम्पनीले दीपलको यो नयाँ भेरियन्ट खरिद गर्ने ग्राहकका लागि ‘जेरो ओनरशिप कस्ट फर फाइभ इयर’ अर्थात् पाँच वर्षसम्म शून्य खर्च अफर पनि सार्वजनिक गरेको छ । यो स्किममा ग्राहकले दीपल ईभीमा पाँच वर्षसम्म कुनै खर्च गर्नुपर्ने छैन । दीपल एस०७ को ग्राहकले पाँच वर्षका लागि अटोप्लस बीमा, आवधिक मर्मत खर्च, विद्युत महशुल र सडक कर पाउनेछन् ।

प्रयोगकर्ताले दीपलको मोबाइल एपमार्फत आफ्नो गाडी नियन्त्रण गर्न सक्नेछन् । यो एपमार्फत जुनसुकै ठाउँमा बसेर कारलाई कन्ट्रोल गर्न सकिन्छ । कारको झ्याल खोल्न र बन्द गर्न, एसी कन्ट्रोल गर्न, चार्जिङको अवस्था बुझ्न र कारको लोकेसन ट्रयाक गर्न सकिन्छ । साथै यसमा हटस्पट, इन्टरनेट कनेक्टिभिटी, स्मार्ट एप कनेक्टिभिटी, एमेजन म्युजिक, स्पटिफाई र लाइभ नेभिगेसनको समेत सुविधा छ ।   

यसमा ५३ इन्चको अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, हाइपर्फर्मेन्स क्वालकम ८१५५ चिप, एल२.५ अटोनमस ड्राइभिंग असिस्ट्यान्स सिस्टम, १५.६ इन्चको सनफ्लावर टचस्क्रिन, जेस्चर कन्ट्रोल, फ्रेमलेस डोर र फ्लस ह्यान्डल र १.९ स्वायर मिटरको पानोरामिक ग्लास रुफलले प्रिमियम क्याबिन एक्सपिरियन्स दिन्छ । 

पछिल्लो अध्यावधिक: साउन १८, २०८२ १७:३९