close

दीपाल, नामी, सेरेस जस्ता ईभीको वितरक एमएडब्लूले नाडा अटो शोमा राख्यो १००० बुकिङको रेकर्ड

टेकपाना टेकपाना

भदौ १७, २०८१ ११:५१

दीपाल, नामी, सेरेस जस्ता ईभीको वितरक एमएडब्लूले नाडा अटो शोमा राख्यो १००० बुकिङको रेकर्ड

काठमाडौँ । एमएडब्लू समूहले नाडा अटो शो २०२४  मा एक हजारभन्दा बढी सवारी बुकिङको रेकर्ड राख्न सफल भएको छ । नामी, चाङ्गन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डका सवारी प्रदर्शनीमा राखेको कम्पनीले यस्तो बुकिङ रेकर्ड बनाएको हो ।

एमएडब्लुले यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन,डोङफेङ ब्रान्डका सवारी समेत स्टलहरूमा राखेको थियो । जहाँ दर्शकहरूको बाक्लो उपस्थिति देखिन्थ्यो । एमएडब्लूका निर्देशक विष्णु अग्रवालले नाडा अटो शो प्रति कृतज्ञता र उत्साह व्यक्त गरे । 

उनले भने, “नाडा अटो शोमा हाम्रा गाडीहरू प्रति ग्राहकहरूले देखाउनु भएको आकर्षणसँगै यसको अतुलनीय सफलताको घोषणा गर्न पाउँदा हामी धेरै हर्षित छौं ।हाम्रा ग्राहकहरूको अविश्वसनीय प्रतिक्रियाले हाम्रो अपेक्षालाई पुरा गरेको छ । यो उपलब्धि हाम्रो टोलीको कडा परिश्रम र समर्पणका साथै हाम्रा मूल्यवान् ग्राहकहरूको विश्वास र समर्थनको प्रमाण हो ।"

अहिले नेपालमा ईभीको प्रयोग बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै एमएडब्लू यस क्षेत्रमा आक्रामक रूपमा प्रस्तुत भएको छ । एमएडब्लू वृद्धीका प्रबन्ध निर्देशक विवेक सिकरियाले आफ्ना विद्युतीय सवारीसाधनमा ग्राहकले देखाएको साथ अतुलनीय रहेको बताए । 

उनले भने "कमर्सियलदेखि प्यासेन्जर सवारी साधनसम्मका हाम्रा ईभी गाडीहरू ग्राहहरू माझ निकै चर्चित छन्, नाडाको सफलताले यसले दर्शाउँछ ।” 

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८१ ११:५१