close

बजारमा हेडफोनको नयाँ ब्रान्ड ‘रक’ सार्वजनिक हुँदै, सुरुवाति ग्राहकले ५,५०० को हेडफोन १,५०० मै पाउने

टेकपाना टेकपाना

भदौ १७, २०८१ १२:२१

बजारमा हेडफोनको नयाँ ब्रान्ड ‘रक’ सार्वजनिक हुँदै, सुरुवाति ग्राहकले ५,५०० को हेडफोन १,५०० मै पाउने

 

काठमाडौं । रक ब्रान्डले आफ्ना नयाँ भाइब हेडफोन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आधुनिक डिजाइन, नवीनतम् प्रविधि र एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) जस्ता फिचर भएका यी हेडफोन मङ्गलबार ‘प्रि-लन्च’ गरिने भएको हो । 

यस अवसरमा कम्पनीले ५,५०० पर्ने हेडफोन केवल १५०० रुपैयाँमा उपलब्ध गराउने विशेष अफर पनि ल्याएको छ ।  यो अफर दराजमा मात्रै उपलब्ध हुने बताइएको छ । प्रि-लन्चको दिनमा सुरुवाति १०० जना ग्राहकहरूको हकमा मात्रै यो अफर लागु हुनेछ । 

भाइब हेडफोनको स्टाइलिस स्वरूपले प्रयोगकर्ताको ध्यान आकर्षित गर्नुका साथै प्रयोग गर्न अत्यन्तै सहज र साउन्डको राम्रो गुणस्तर दिने कम्पनीको दाबी छ । यो हेडफोनमा ब्लुटुथ भर्सन ५.३ छ, जसको ट्रान्समिसन रेन्ज १० मिटर रहेको बताइएको छ । 

फोल्डेबल डिजाइनको साथमा आउने यो हेडफोन पोर्टेबल हुनुका साथै ब्लुटुथ कलिङ, इनबिल्ट माइक, डिप बेस, ४०० एमएएच क्षमताको ब्याट्रीयुक्त छ । 

एएनसी सहित यो हेडफोनले ३० घण्टाको टकटाइम र म्युजिक प्लेब्याक टाइम प्रदान गर्ने कम्पनीले जनाएको छ । सन् २०२४ मा स्थापना गरेको रक टेक शपले नेपाली बजारमा नवीनतम प्रविधि र गुणस्तरीय उत्पादनहरू ल्याउने उद्देश्य राखेको छ ।

पछिल्लो अध्यावधिक: भदौ १७, २०८१ १२:२१