काठमाडौं । कोब्रा सर्पलाई मुखभित्र राखेर स्टन्ट गर्ने क्रममा भारतमा एक व्यक्तिको मृत्यु भएको छ । तेलंगानाको कामारेड्डी जिल्लामा कोब्रालाई मुखभित्र राखेर स्टन्टको भिडिओ बनाउन खोज्दा ती युवकको उक्त सर्पको टोकाइले मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा शिवा राजलु नामका २० वर्षीय युवक रहेका छन् ।
सामाजिक सञ्जालमा बाहिरिएको भिडिओमा शिवा राजलुलाई सडकको बीचमा उभिएर मुखभित्र कोब्रा राख्दै गरेको देख्न सकिन्छ । उनले क्यामेरातर्फ हात जोडेर हेरेको अवस्थामा सर्प मुखबाट निस्कन प्रयास गर्छ ।
भिडिओमा उनले सर्पको टाउको अझै मुखमै रहेको जनाउन औँला ठड्याएर संकेत गर्छन् । तर, त्यही पलमा विषालु कोब्राले टोकेपछि उनी बेहोस भए । उनलाई तुरुन्तै नजिकैको अस्पताल पुर्याइयो, तर चिकित्सकले उनलाई मृत घोषित गरे ।
నోట్లో పాముతో స్టంట్.. యువకుడు మృతి
విష సర్పంతో విన్యాసం చేస్తూ ఓ యువకుడు ప్రాణాలు పోగొట్టుకున్నాడు. కామారెడ్డి జిల్లా దేశాయిపేట గ్రామంలో ఈ ఘటన జరిగింది. గ్రామంలోని డబుల్ బెడ్ రూమ్ ఇళ్ల సముదాయంలోకి 6 ఫీట్ల నాగుపాము వచ్చింది. స్నేక్ క్యాచర్ శివ దాన్ని పట్టుకొని తల… pic.twitter.com/BicjZqimeg
शिवा राजलुका बुवा गंगाराम सर्प समात्ने काममा अनुभवी छन् । उनले नै छोरालाई उक्त कोब्रा दिएका थिई भिडिओ बनाउन प्रेरित गरेका थिए । यो घटनाले सर्पसँग खेल्नु कत्तिको खतरनाक हुन सक्छ भन्ने गम्भीर सन्देश दिएको छ । सामाजिक सञ्जालको ग्ल्यामर पछ्याउने क्रममा मानिसहरूले आफ्नो जीवनको मोल नै बिर्सिएको भन्दै धेरैले यस घटनाबाट पाठ लिन आह्वान गरेका छन् ।