close

टेलिग्राममा आपराधिक कन्टेन्ट आए रिपोर्ट गर्न सकिने

टेकपाना टेकपाना

भदौ २३, २०८१ १०:२०

टेलिग्राममा आपराधिक कन्टेन्ट आए रिपोर्ट गर्न सकिने

काठमाडौं । टेलिग्रामले निजी च्याट रिपोर्ट गर्न मिल्ने फिचर थप गरेको छ । संस्थापक एवं पाभेल दुरोवलाई पक्राउ गरिएपछि कम्पनीले यस्तो फिचर ल्याएको हो ।

यसअघि टेलिग्रामले निजी च्याटहरूमा निगरानी गर्दैनथ्यो । तर, दुरोभको पक्राउपछि कम्पनी बाध्यात्मक अवस्थामा पर्‍यो । यससँगै गैरकानुनी सामग्री पहिचान गर्न सजिलो बनाइएको छ । केही समयअघिसम्म टेलिग्रामलाई गैरकानुनी काम गर्ने व्यक्तिहरूको स्वर्गको उपमा दिइएको थियो ।

अब भने ‘रिपोर्ट’ बटनमार्फत टेलिग्रामका गैरकानुनी सामग्री सजिलै रिपोर्ट गर्न सकिन्छ । त्यस्तै, टेलिग्रामले ‘पीपल नियरबाई’ फिचर पनि हटाएको छ । पहिले यो फिचर आफू नजिकै रहेका अन्य टेलिग्राम प्रयोगकर्ता थाहा पाउन प्रयोग हुन्थ्यो । अहिले भने बट्स र स्क्यामरहरूको बिगबिगी रोक्न यसलाई हटाइएको बताइएको छ ।

यसबारे टेलिग्रामले आफ्नो वेबसाइटमार्फत जानकारी दिइसकेको छ । तर, यस नयाँ गोपनीयता नीतिले कसरी कानुनी अपराध सम्बोधन हुन्छ भन्ने विषयमा अझै स्पष्ट भएको छैन । टेक क्रन्चसँगको कुराकानीमा टेलिग्रामका प्रवक्ताले प्रयोगकर्ताहरूले समूह वा निजी च्याटहरू रिपोर्ट गर्नसक्ने बताएका छन् । यसले गैरकानुनी सामग्रीहरू चाँडै पहिचान गर्न मद्दत पुग्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २३, २०८१ १०:२६