काठमाडौं । आज बहुप्रतिक्षित आईफोन १६ सिरिज सार्वजनिक हुँदैछ । नेपाली समय अनुसार राति पौने ११ बजे सुरु हुने कार्यक्रममा आईफोनसहित अन्य विभिन्न प्रोडक्टको घोषणा हुनेछ । पहिलेका वर्षहरूको तुलनामा यस वर्ष आईफोनको चर्चा केही बढी छ । खासगरी कम्पनीले नयाँ सिरिजमा केकस्ता फिचर ल्याउला भन्ने विषयलाई बडो उत्सुकताका साथ हेरिएको छ ।
एप्पलले पहिलो फोन ९ जनवरी २००७ मा सार्वजनिक गरेको थियो । त्यसको करिब छ महिनापछि मात्र उक्त फोन बिक्रीका लागि राखिएको थियो । यस समाचारमा अहिलेसम्म सार्वजनिक भएका आईफोन र तिनका प्रमुख विशेषता बारे चर्चा गर्दै छौं ।
१) आईफोन (जुन २९, २००७)
३.५ इन्च डिस्प्ले भएको एप्पलको पहिलो आईफोनमा सामसङको एआरएम प्रोसेसर थियो । दुई मेगापिक्सेलको मुख्य क्यामेरा रहेको उक्त फोनमा सेल्फी क्यामेरा भने थिएन । यसमा एम्बियन्ट लाइट सेन्सर, मल्टिटच फिचर, एक्सेलेरोमिटर र प्रोक्सिमिटी सेन्सर समावेश थिए ।
१२८ एमबी र्याम भएको सो डिभाइस ४, ८ र १६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध थियो । त्यस्तै यसमा १,४०० एमएएच क्षमताको ब्याट्री राखिएको थियो भने आईफोनको मूल्य कम्पनीले ४९९ अमेरिकी डलर राखेको थियो ।
२) आईफोन थ्रिजी (जुलाई ११, २००८)
आईफोनभन्दा केही सस्तो र नयाँ फिचर समावेश भएको आईफोन थ्रीजी जुलाई ११, २००८ मा बजारमा ल्याइयो । यसको प्रमुख आकर्षण थ्रिजी नेटवर्कको सपोर्ट थियो । त्यस बाहेक आईफोन थ्रिजीमा भएको जियो ट्यागिङ, एप स्टोर, मेटल साइड बटन फिचर पनि त्यस बेला युनिक फिचर थिए ।
आईफोनभन्दा बढी अर्थात २५६ एमबी र्याम भएको आईफोन थ्री जी ८ र १६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा आएको थियो ।
सामसङ एआरएम प्रोसेसरद्वारा सञ्चालित उक्त डिभाइसमा दुई मेगापिक्सेलको क्यामेरा र ११५० एमएएच क्षमताको ब्याट्री थियो । यसको सुरुवाती मूल्य कम्पनीले १९९ अमेरिकी डलर राखेको थियो ।
३) आईफोन थ्रीजी एस
कम्पनीले त्यस बेलाकै सबैभन्दा शक्तिशाली आईफोनको रूपमा १९ जुन २००९ मा आईफोन थ्रीजी एस सार्वजनिक गरेको थियो । ३.५ इन्च डस्प्ले भएको आईफोन थ्रीजी एसमा डिजिटल कम्पास, भ्वाइस कन्ट्रोल, ब्याट्री पर्सेन्टेज र भिडिओ रेकर्डिङ जस्ता आकर्षक तथा युनिक फिचरहरू थिए ।
२५६ एमबी र्याम भएको सो डिभाइस ८, १६ र ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध थियो । सामसङ एआरएम प्रोसेसरद्वारा सञ्चालित सो आईफोनमा पहिलो पटक कम्पनीले तीन मेगापिक्सेलको क्यामेरा राखेको थियो । १,२२० एमएएच क्षमताको ब्याट्री भएको सो डिभाइसको सुरुवाति मूल्य १९९ अमेरिकी डलर थियो ।
४) आईफोन ४ (जुन ७, २०१०)
चौथो संस्करणका रूपमा सार्वजनिक भएको फोनको नाम कम्पनीले आईफोन फोर राखेको थियो । यसमा पनि ३.५ इन्चकै डिस्प्ले थियो । तर, यसमा प्रयोग भएको रेटिना डिस्प्ले भने नौलो थियो । आईफोन फोर नै सेल्फी क्यामेरा हुने एप्पलको पहिलो फोन हो ।
अघिल्लो फोनमा कम्पनीले तीन मेगापिक्सेलको क्यामेरा उपलब्ध गराएको थियो भने आईफोन फोरमा पाँच मेगापिक्सेलको क्यामेरा थियो । ०.३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यस फोनमा जाइरोस्कोप र एलईडी फ्लाश जस्ता युनिक फिचरहरू राखिएको थियो ।
यो फोन ५१२ जीबी र्याम र ८, १६ र ३२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध थियो । एप्पलको आफ्नै एप्पल एफोर प्रोसेसरद्वारा सञ्चालित यस फोनमा कम्पनीले १४२० एमएएच क्षमताको ब्याट्री राखेको थियो । यस फोनको सुरुवाती मूल्य १९९ अमेरिकी डलर थियो ।
५) आईफोन फोर एस (अक्टोबर १४, २०११)
ए फाइभ बायोकिक चिपद्वारा सञ्चालित यस फोनमा १,०८० पिक्सेलमा भिडिओ रेकर्ड गर्न सकिने विशेषता थियो । ३.५ इन्च डिस्प्ले भएको यस मोडेलमा सिरी समेत अटाएको थियो ।
५१२ एमबी र्याम भएको यो मोडेल ८, १६, ३२ र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टका साथ सार्वजनिक भएको थियो । १,४३२ एमएएच क्षमताको ब्याट्री भएको यो फोनको सुरुवाती मूल्य १९९ डलर राखिएको थियो ।
६) आईओन फाइभ (सेप्टेम्बर २१, २०१२)
कम्पनीले २०१२ मा सार्वजनिक गरेको आईफोन फाइभ लाइटिनिङ पोर्ट भएको पहिलो आईफोन पनि हो । त्यसबेलाका अन्य आईफोनको तुलानामा २० प्रतिशत हलुका यो फोन १८ प्रतिशत पातलो थियो । आईफोन फाइभ एप्पलको फोरजी सपोर्ट गर्ने पहिलो फोन पनि हो । त्यस्तै ४ इन्च डिस्प्ले भएको सो फोनमा ८ मेगापिक्सेलको ब्याक क्यामेरा र १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको थियो ।
एप्पलको एसिक्स प्रोसेसरद्वारा सञ्चालित यो फोन १ जीबी र्याम र १६, ३२ तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध थियो । ११४० एमएएच क्षमता भएको यस फोनको मूल्य कम्पनीले १९९ डलर राखेको थियो ।
७) आईफोन फाइभ सी (सेप्टेम्बर २०, २०१३)
फरक फरक कलरमा सार्वजनिक गरिएको यो फोनमा ३.५ इन्च डिस्प्ले राखिएको थियो । ए सिक्स प्रोसेसरद्वारा सञ्चालित आईफोन फाइभ सी १ जीबी र्याम र १६, ३२ तथा ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा बजारमा आएको थियो ।
यस फोनमा १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा र ८ मेगापिक्सेलको मुख्य क्यामेरा राखिएको थियो । यसमा १५१० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको थियो ।
८) आईफोन फाइभ एस (सेप्टेम्बर २०, २०१३)
टच आइडी भएको एप्पलको पहिलो फोन आईफोन फाइभ एस सेप्टेम्बर २०, २०१३ मा सार्वजनिक भएको थियो । मोसन को-प्रोसेसर र ए सेभेन प्रोसेसरद्वारा सञ्चालि यस फोनमा कम्पनीले पहिलो पटक स्लो मोसन भिडिओ फिचर उपलब्ध गराएको थियो । चार इन्चको डिस्प्ले भएको यस फनमा दुई ओटा फ्लास लाइट उपलब्ध थियो ।
१.२ मेगापिक्सेलको सेल्फी क्यामेरा र ८ मेगापिक्सेलको ब्याक क्यामेरा थियो । १ जीबी र्याम भएको यो फोन कम्पनीले १६, ३२ र ६४ जीबी इन्टर्नल स्टोरेजमा उपलब्ध गराएको थियो । १५६० एमएएच क्षमताको ब्याट्री भएको यो मोडलको सुरुवाती मूल्य १९९ अमेरिकी डलर थियो ।
९) आईफोन सिक्स (सेप्टेम्बर १९, २०१४)
४.७ इन्च रेटिना एचडी डिस्प्ले भएको आईफोन सिक्स त्यतिबेलाको सबैभन्दा पातलो फोन हो । ए ८ प्रोसेसरद्वारा सञ्चालित यस फोनमा १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा र ८ मेगापिक्सेलको ब्याक क्यामेरा राखिएको थियो ।
१ जीबी र्याम र १६, ६४ तथा १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको यस फोनमा प्राय आईफोन फाइभ एसकै फिचर समावेश थिए । १८१० एमएएड क्षमताको ब्याट्री भएको सो फोनको मूल्य पनि १९९ अमेरिकी डलर नै थियो ।
१०) आईफोन सिक्स प्लस (सेप्टेम्बर १९, २०१४)
आईफोन सिक्स प्लस यस्तो फोन हो जसमा त्यसबेला बजारमा आएका आईफोनमध्ये सबैभन्दा ठूलो अर्थात ५.५ इन्च रेटिना एचडी डिस्प्ले थियो । इमेज स्टेबलाइजेसन जस्तो आकर्षक फिचर भएको यो फोन ए८ प्रोसेसरद्वारा सञ्चालित थियो ।
१.२ मेगापिक्सेल क्यामेरा भएको सो फोनमा ८ मेगापिक्सेलको ब्याक क्यामेरा राखिएको थियो । यसमा १ जीबी र्याम र १६, ६४ तथा १२८ जीबी इन्टर्नल स्टोरोज भेरियन्टमा उपलब्ध गराइएको थियो । २,९१५ मेगापिक्सेल क्यामेरा भएको सो फोनको सुरुवाती मूल्य २९९ डलर तोकिएको थियो ।
११) आईफोन सिक्स एस (सेप्टेम्बर १९, २०१५)
एप्पलको २ जीबी र्याम भएको पहिलो फोन आईफोन सिक्स एस कम्पनीले १६, ३२, ६४ र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा बजारमा ल्याएको थियो । ए नाइन प्रोसेसरद्वारा सञ्चालित यस फोनमा थ्रीडी टच फिचर समावेश गरिएको थियो ।
४.७ इन्च डिस्प्ले रहेको यस फोनमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलको मुख्य क्यामेरा छ । १७१५ एमएएच क्षमताको ब्याट्री भएको यस फोनको सुरुवाती मूल्य कम्पनीले १९९ डलर राखेको थियो ।
१२) आईफोन सिक्स एस प्लस (सेप्टेम्बर १९, २०१५)
५.५ इन्च डिस्प्ले भएको आईफोन सिक्स एस प्लसमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।
२ जीबी र्याम १६, ३२, ६४ र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध यो फोन ए नाइन प्रोसेसरद्वारा सञ्चालित छ । २७५० एमएएच क्षमताको ब्याट्री भएको यस फोनको सुरुवाती मूल्य कम्पनीले २९९ अमेरिकी डलर तोकिएको थियो ।
१३) आईफोन एसई (मार्च २१, २०१६)
सन् २०१६ मा कम्पनीले आईफोन सेभेनसँगै एसई मोडेलको आईफोन सार्वजनिक गरेको थियो । मोसन को प्रोसेसर र एनाइन प्रोसेसरद्वारा सञ्चालित आईफोन एसईमा ४ इन्चको डिस्प्ले उपलब्ध गराइएको थियो ।
टच आइडी, डुअल फ्लाश लाइट, स्लो मोसन भिडिओ जस्ता फिचरले यो फोन भरिएको यो फोनमा २ जीबी र्याम र १६, ३२, ६४ तथा १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्वजनिक गरिएको थियो ।
यस फोनमा कम्पनीले १.२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलको ब्याक क्यामेरा समावेश गरेको थियो । १६२४ एमएएच क्षमताको ब्याट्री भएको यस फोनको सुरुवाती मूल्य कम्पनीले ३९९ अमेरिकी डलर तोकेको थियो ।
१४) आईफोन सेभेन (सेप्टेम्बर ७, २०१६)
४.७ इन्च डिस्प्ले रेहको आईफोन सेभेन एप्पलको पहिले वाटर रेसिस्ट फोन हो । ट्यापटिक इन्जिन र क्यापासिटिभ होम बटन भएको यस फोनमा स्टेरियो स्पिकर उपलब्ध गराइएको थियो । यसमा ७ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलको ब्याक राखिएको थियो ।
एप्पल ए१० प्रोसेसरद्वारा सञ्चालित यो फोन २ जीबी र्याम र ३२, १२८ तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्वजनिक गरिएको थियो । १९६० एमएएच क्षमताको ब्याट्री भएको यो फोनको सुरुवाती मूल्य कम्पनीले ६४९ डलर राखेको थियो ।
१५) आईफोन सेभेन प्लस (सेप्टेम्बर ७, २०१६)
५.५ इन्च डिस्प्ले रेहको आईफोन सेभेन प्लसमा पनि वाटर रेसिस्टेन्स फिचर राखिएको थियो । ट्यापटिक इन्जिन र क्यापासिटिभ होम बटन भएको यस फोनमा स्टेरियो स्पिकर उपलब्ध गराइएको थियो । १२ मेगापिक्सेलका डुअल क्यामेरा हुने एप्पलको पहिलो फोन आईफोन सेभेन प्लसमा ७ मेगापिक्सेलको सेल्फी क्यामेरा थियो ।
एप्पल ए१० प्रोसेसरद्वारा सञ्चालित यो फोन ३ जीबी र्याम र ३२, १२८ तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्वजनिक गरिएको थियो । २९०० एमएएच क्षमताको ब्याट्री भएको यो फोनको सुरुवाती मूल्य कम्पनीले ७६९ डलर कायम गरिएको थियो ।
१६) आईफोन ८ (सेप्टेम्बर १२, २०१७)
आईफोन ८ वायरलेस चार्जिङ सुविधा हुने एप्पलको पहिलो फोन हो । ४.७ इन्चरको ट्रु टोन डिस्प्ले भएको यस फोनमा प्रोट्रेट लाइटिङ सुविधा दिइएको थियो । यसमा अन्य आईफोनभन्दा २५ प्रतिशत ठूलो आवाज थियो । ७ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस फोनमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा अटाइएको थियो । यो मोडेल ए११ प्रोसेसरद्वारा सञ्चालित थियो ।
यो फोन २ जीबी र्याम र ६४ तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्वजनिक गरिएको थियो । १८२१ एमएएच क्षमताको ब्याट्री भएको यसको मूल्य कम्पनीले ६९९ डलर तोकिको थियो ।
१७) आईफोन ८ प्लस (सेप्टेम्बर १२, २०१७)
५.५ इन्चको ट्रु टोन डिस्प्ले भएको यस फोनमा प्रोट्रेट लाइटिङ सुविधा दिइएको थियो । त्यसबेलाका अन्य आईफोनको तुलनामा यसमा अन्य आईफोनभन्दा २५ ठूलो आवाज आउने बनाइएको थियो । ७ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस फोनमा १२, १२ मेगापिक्सेलका दुई ओटा ब्याक क्यामेरा राखिएको थियो ।
यो मोडेल ए११ प्रोसेसरद्वारा सञ्चालित थियो । त्यस्तै यो मोडेल ३ जीबी र्याम र ६४ तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्जनिक गरिएको थियो । २६९१ एमएएच क्षमताको ब्याट्री भएको यसको मूल्य कम्पनीले ७९९ डलर राखिएको थियो ।
१८) आईफोन एक्स (सेप्टेम्बर १२, २०१७)
होम बटन हटाइएको एप्पलको पहिलो फोन आईफोन एक्स २०१८ मा सार्वजनिक भएको थियो । ५.८ इन्चको ट्रु टोन डिस्प्ले भएको यस फोनमा प्रोट्रेट लाइटिङ सुविधा दिइएको थियो । यसमा एप्पलले फेस आईडी सुविधा उपलब्ध गराएको थियो । ७ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस फोनमा कम्पनीले १२, १२ मेगापिक्सेलका दुई ओटा ब्याक क्यामेरा समावेश गरेको थियो ।
यो मोडेल ए११ प्रोसेसरद्वारा सञ्चालित थियो । कम्पनीले यसमा ३ जीबी र्याम र ६४ तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध गराएको थियो । २७१६ एमएएच क्षमताको ब्याट्री भएको यसको मूल्य कम्पनीले ९९९ डलर तोकेको थियो ।
१९) आईफोन एक्स आर (सेप्टेम्बर १२, २०१८)
६.१ इन्च लिक्विड रेटिना डिस्प्ले रहेको यो फोनमा स्मार्ट एचडीआर, पोट्रेट लाइटिङ र फेस आइडी जस्ता सुविधा राखिएका थिए । ७ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस फोनमा १२ मेगापिक्सेलको ब्याक क्यामेरा उपलब्ध गराइएको थियो ।
३ जीबी र्याम र ६४, १२८ तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध यो फोन ए १२ प्रोसेसरद्वारा सञ्चालित थियो । २९४२ एमएएच क्षमता भएको यस फोनको सुरुवाती मूल्य ७४९ डलर तोकिएको थियो ।
२०) आईफोन एक्स एस (सेप्टेम्बर १२, २०१८)
५.८ इन्च सुपर रेटिना डिस्प्ले रहेको यो फोनमा स्मार्ट एचडीआर, पोट्रेट लाइटिङ, स्टरियो अडियो रेकर्डिङ र डेफ्थ कन्ट्रोल जस्ता सुविधा दिइएको थियो । ७ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस फोनमा १२, १२ मेगापिक्सेलका दुई ओटा ब्याक क्यामेरा समावेश थिए ।
यो ४ जीबी र्याम हुने एप्पलको पहिलो आईफोन हो । जसलाई ६४, २५६ तथा ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध गराइएको थियो । यो मोडेल पनि ए १२ प्रोसेसरद्वारा सञ्चालित थियो । २६५८ एमएएच क्षमता भएको यस फोनको सुरुवाती मूल्य ९९९ डलर राखिएको थियो ।
२१) आईफोन एक्स म्याक्स (सेप्टेम्बर १२, २०१८)
६.५ इन्च सुपर रेटिना डिस्प्ले रहेको यो फोनमा स्मार्ट एचडीआर, पोट्रेट लाइटिङ, स्टेरियो अडियो रेकर्डिङ र डेफ्थ कन्ट्रोल जस्ता सुविधा राखिएको थियो । ७ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस फोनमा १२, १२ मेगापिक्सेलका दुई ओटा ब्याक क्यामेरा थिए ।
यो ४ जीबी र्याम र ६४, २५६ तथा ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध गराइएको थियो । यो मोडेल पनि ए १२ प्रोसेसरद्वारा सञ्चालित थियो । ३१७४ एमएएच क्षमता भएको यस फोनको सुरुवाती मूल्य १०९९ डलर राखिएको थियो ।
२२) आईफोन ११ (सेप्टेम्बर १०, २०१९)
आईफोन ११ नयाँ डिजाइनको क्यामेरासहित सार्वजनिक भएको फोन हो । ६.१ इन्च लिक्विड रेटिना डिस्प्ले भएको यो फोन आकर्षक ब्याट्री लाइफ भएको फोन पनि हो । वाइड एङ्गल लेन्स भएको एप्पलको यो फोनमा कम्पनीले स्पेसल अडियो र कडा स्क्रिन ग्लास उपलब्ध गराएको थियो ।
१२ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस मोडेलमा १२, १२ मेगापिक्सेलका दुई ओटा ब्याक क्यामेरा थिए । ४ जीबी र्याम र ६४, १२८ तथा २५६ जीबी इन्टर्नल स्टोरेज इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध थियो ।
ए१३ बायोनिक चिपद्वारा सञ्चालित यो फोनमा ३११० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको थियो । यसको सुरुवाती मूल्य कम्पनबीले ६९९ डलर तोकेको थियो ।
२३) आईफोन ११ प्रो (सेप्टेम्बर १०, २०१९)
आईफोन ११ प्रो तीन ओटा क्यामेरा हुने एप्पलको पहिलो फोन हो । ५.८ इन्च सुपर रेटिना एक्सडीआर डिस्प्ले भएको यो फोन आकर्षक ब्याट्री लाइफ, वाइड एङ्गल र टेलिफोटो लेन्स समावेश भएको फोन हो ।
१२ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस मोडेलमा १२ मेगापिक्सेलका तीन ओटा ब्याक क्यामेरा उपलब्ध गराइएको थियो । ४ जीबी र्याम र ६४, २५६ तथा ५१२ जीबी इन्टर्नल स्टोरेज स्टोरेज भेरियन्टमा उपलब्ध थियो ।
ए१३ बायोनिक चिपद्वारा सञ्चालित यो फोनमा ३०४६ एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको थियो । यसको सुरुवाती मूल्य कम्पनीले ९९९ डलर तोकेको थियो ।
२४) आईफोन ११ प्रो म्याक्स (सेप्टेम्बर १०, २०१९)
६.५ इन्च सुपर रेटिना एक्सडीआर डिस्प्ले भएको यो फोन आकर्षक ब्याट्री लाइफ, वाइड एङ्गल र टेलिफोटो लेन्स समावेश भएको फोन हो ।
१२ मेगापिक्सेल सेल्फी क्यामेरा भएको यस मोडेलमा १२ मेगापिक्सेलका तीन ओटा ब्याक क्यामेरा उपलब्ध गराइएको थियो । ४ जीबी र्याम र ६४, २५६ तथा ५१२ जीबी इन्टर्नल स्टोरेज स्टोरेज भेरियन्टमा उपलब्ध थियो ।
ए१३ बायोनिक चिपद्वारा सञ्चालित यो फोनमा ३९६९ एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको थियो । यसको सुरुवाती मूल्य कम्पनीले १०९९ डलर तोकेको थियो ।
२५) आईफोन एसई (अप्रिल २०, २०२०)
बजारमा मँहग्रा मूल्यका फोन ल्याइरहेको एप्पलले २०२० मा आफ्नो सस्तो फोनका रूपमा आईफोन एसई सार्वजनिक गरेको थियो । होम बटन भएको यस मोडेलमा ४.७ इन्च ट्रु टोन डिस्प्ले रहगेको थियो । यसमा ७ मेगापिक्सेल मुख्य क्यामेरा र एउटा १२ मेगापिक्सेलको ब्याक क्यामेरा राखिएको थियो । .
३ जीबी र्याम र ६४, १२८ तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध यो फोन ए१३ बायोनिक चिपद्वारा सञ्चालित थियो । १८२१ एमएएच क्षमताको ब्याट्री भको यसको सुरुवाती मूल्य कम्पनीले ३९९ डलर राखेको थियो ।
२६) आईफोन १२ मिनी (अक्टोबर १३, २०२०)
आईफोन १२ सिरिज अन्तर्गतको आईफोन १२ मिनी २०२० मा सार्वजनिक भएको मोडेल हो । ५.४ इन्च डिस्प्ले भएको यो फोन म्याग्नेटिक सेफ चार्जर सपोर्ट गर्ने एप्पलको पहिलो फोन हो । एप्पलले यसमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलकै दुई ओटा ब्याक क्यामेरा उपलब्ध गराएको थियो ।
ए१४ बायोनिक चिप प्रोसेसरद्वारा सञ्चालित यो फोनमा सेरामिकको सिल्ड ग्लास समावेश गरिएको थियो । यसमा डब्ली भिजन रेकर्डिङ तथा फाइभजी कनेक्टिभी सुविधा दिइएको थियो । ४ जीबी र्याम तथा ६४, १२८ र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको यस मोडेलमा २२२७ एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको थियो । कम्पनीले आईफोन १२ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकेको थियो ।
२७) आईफोन १२ (अक्टोबर १३, २०२०)
६.१ इन्च डिस्प्ले भएको यो मोडेलमा पनि म्याग्नेटिक सेफ चार्जर उपलब्ध गराइएको थियो । एप्पलले यसमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलकै दुई ओटा ब्याक क्यामेरा उपलब्ध गराएको थियो । ए १४ बायोनिक चिप प्रोसेसरद्वारा सञ्चालित यो फोनमा सेरामिकको सिल्ड ग्लास रहेको थियो ।
यसमा डब्ली भिजन रेकर्डिङ तथा फाइभजी कनेक्टिभी सुविधा दिइएको थियो । ४ जीबी र्याम तथा ६४, १२८ र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको यस मोडेलमा २८१५ एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको थियो । कम्पनीले आईफोन १२ को सुरुवाती मूल्य ७९९ डलर तोकेको थियो ।
२८) आईफोन १२ प्रो (अक्टोबर १३, २०२०)
आईफोन १२ प्रो लाइडर स्क्यानर, २.५ एक्स जुम क्षमतया, ‘एप्पल प्रो र फाइल फर्म्याट’ तथा फाइभजी कनेक्टिभिटी जस्ता सुविधाले भरिएको फोन हो । ६.१ इन्च डिस्प्ले भएको यो मोडेलमा पनि म्याग्नेटिक सेफ चार्जर उपलब्ध गराइएको थियो । एप्पलले यसमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलकै तीन ओटा ब्याक क्यामेरा उपलब्ध गराएको थियो । ए १४ बायोनिक चिप प्रोसेसरद्वारा सञ्चालित यो फोनमा ६ जीबी र्याम तथा १२८, २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको यस मोडेलमा २७७५ एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको थियो । कम्पनीले आईफोन १२ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकेको थियो ।
२९) आईफोन १२ प्रो म्याक्स (अक्टोबर १३, २०२०)
आईफोन १२ प्रो म्याक्स पनि लाइडर स्क्यानर, २.५ एक्स जुम क्षमतया, ‘एप्पल प्रो र फाइल फर्म्याट’ तथा फाइभजी कनेक्टिभिटी जस्ता सुविधाले भरिएको फोन हो । ६.७ इन्च डिस्प्ले भएको यो मोडेलमा पनि म्याग्नेटिक सेफ चार्जर उपलब्ध गराइएको थियो ।
एप्पलले यसमा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलकै तीन ओटा ब्याक क्यामेरा उपलब्ध गराएको थियो । ए १४ बायोनिक चिप प्रोसेसरद्वारा सञ्चालित यो फोनमा ६ जीबी र्याम तथा १२८, २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको यस मोडेलमा ३६८७ एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको थियो । कम्पनीले आईफोन १२ प्रो म्याक्सको सुरुवाती मूल्य १०९९ डलर तोकेको थियो ।
३०) आईफन १३ मिनी (सेप्टेम्बर १४, २०२१)
५.४ इन्च डिस्प्ले भएको यस मोडेलमा कम्पनीले सिनेम्याटिक मोड, फोटोग्राफिक स्टाइल, सुपर रेटिना एक्सडीआर डिस्प्ले र अन्य डिभाइसभन्दा डेढ घण्टा बढी ब्याट्री लाइफ उपलब्ध गराएको थियो ।
नयाँ डिजाइनमा राखिएका १२ मेगापिक्सेलका दुई ओटा ब्याक क्यामेरा भएको यस डिभाइसमा १२ मेगापिक्सेलकै सेल्फी क्यामेरा थियो । यसमा ४ जीबी र्याम र १२८, २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध गराएको थियो । ए१५ बायोनिक चिपद्वारा सञ्चालित यस डिभाइसमा ५.४ इन्च सुपर रेटिना एक्सडीआर डिस्प्ले थियो ।
फोटोग्राफिक स्टाइल, सिनेम्याटिक मोड र डेढ घण्टा बढी ब्याट्री लाइभ भएको यस मोडेलमा एप्पलले २४०६ एमएएच क्षमताको ब्याट्री समावेश गरेको थियो । यस मोडेलको सुरुवाती मूल्य ६९९ डलर तोकिएको थियो ।
साढे दुई घण्टा बढी ब्याट्री लाइफ, सिनेम्याटिक मोड, फोटोग्राफिक स्टाइल जस्ता फिचर भएको यस फोनमा ६.१ इन्च सुपर रेटिना एक्सडीआर डिस्प्ले उपलब्ध गराएको थियो । यसमा पनि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलकै दुई ओटा ब्याक क्यामेरा समावेश गरेको थियो ।
एप्पलले यसमा ४ जीबी र्याम र १२८, २५६, ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्वजनिक गरेको थियो । ३०९५ एमएएच क्षमताको ब्याट्री भएको यस मोडेलको सुरुवाती मूल्य ७९९ डलर राखिएको थियो ।
३२) आईफोन १३ प्रो (सेप्टेम्बर १४, २०२१)
आईफोन १३ प्रोमा साढे एक घण्टा बढी ब्याट्री लाइफ, सिनेम्याटिक मोड, प्रो मोसन डिस्प्ले, थ्री एक्स अप्टिकल जुम र म्याक्रो फोटो तथा भिडिओ सुविधा रहेका छन् । यसमा कम्पनीले ६.१ इन्चको डिस्प्ले समावेश गरेको थियो । यसमा पनि १२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलकै तीन ओटा ब्याक क्यामेरा दिइएको गरेको थियो ।
एप्पलले यसमा ६ जीबी र्याम र १२८, २५६, ५१२ तथा एक टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्वजनिक गरेको थियो । ३०९५ एमएएच क्षमताको ब्याट्री भएको यस मोडेलको सुरुवाती मूल्य ९९९ डलर राखिएको थियो ।
३३) आईफोन १३ प्रो म्याक्स (सेप्टेम्बर १४, २०२१)
आईफोन १३ प्रो म्याक्समा साढे दुई घण्टा बढी ब्याट्री लाइफ, सिनेम्याटिक मोड, प्रो मोसन डिस्प्ले, थ्री एक्स अप्टिकल जुम र म्याक्रो फोटो तथा भिडिओ सुविधा रहेका छन् । यसमा कम्पनीले ६.७ इन्चको डिस्प्ले समावेश गरेको थियो । त्यसैगरी कम्पनीले १३ प्रो म्याक्समा १२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलकै तीन ओटा ब्याक क्यामेरा दिइएको गरेको थियो ।
एप्पलले यसमा ६ जीबी र्याम र १२८, २५६, ५१२ तथा एक टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्वजनिक गरेको थियो । ४३२५ एमएएच क्षमताको ब्याट्री भएको यस मोडेलको सुरुवाती मूल्य १०९९ डलर राखिएको थियो ।
३४) आईफोन १४ (सेप्टेम्बर ७, २०२१)
आईफोन १३ जस्तै क्यामेरा डिजाइन भएको आईफोन १४ ‘इमर्जेन्सी एसओएस भाया स्टाटलाइट फिचर पाउने आईफोनको पहिलो सिरिज हो । यो मोडेलमा ६.१ इन्चको डिस्प्ले समावेध गरिएको थियो । अमेरिकामा सार्वजनिक भएका आईफोन १४ सिरिजमा कम्पनीले पहिलो पटक भौतिक रूपमा राखिने सिम स्लट हटाएको थियो ।
लो लाइट फोटो सुविधा, एक्सन मोड स्टबलाइजेसन जस्ता फिचर भएको यस फोनमा कम्पनीले १२ मेगापिक्सेलको सेल्फी क्यामेरा र १२ मेगापिक्सेलकै दुई ओटा ब्याक क्यामेरा उपलब्ध गराएको थियो ।
ए १५ बायोनिक चिपसेटद्वारा सञ्चालित आईफोन १४, ६ जीबी र्याम र १२८, २५६ तथा ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा सार्वजनिक गरिएको थियो । ३२७९ एमएएच क्षमताको ब्याट्री भएको यस फोनको मूल्य ७९९ तोकिएको थियो ।
३५) आईफोन १४ प्लस (सेप्टेम्बर ७, २०२२)
आईफोन १४ प्लस एप्पलको प्लस मोडेल अन्तर्गतको पहिलो फोन हो । १३ प्रो म्याक्स स्तरकै ब्याट्री लाइफ भएको यस मोडेलमा पोनि लो-लाइट फोटोज, इमर्जेन्सी एसओएस भाया स्याटलाइट तथा एक्सन मोड स्टबलाइजेसन फिचर समावेश गरिएको छ ।
क्यामेरा पनि आईफोन १४ कै जस्तो भएको यस मोडेलमा कम्पनीले ६.७ इन्चको डिस्प्ले राखेको छ । ६ जीबी र्याम भएको यो फोनमा १२८, २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध गराइएको छ । ४३२५ एमएएच क्षमताको ब्याट्री भएको यस मोडेलको सुरुवाती मूल्य ८९९ डलर छ ।
३६) आईफोन १४ प्रो (सेप्टेम्बर ७, २०२२)
डाइनामिक आईल्यान्ड, क्याश डिटेक्सन, अलवेज अन डिस्प्ले जस्ता फिचर पाउने एप्पलको पहिलो फोन हो, आईफोन १४ प्रो । यसमा कम्पनीले ६.१ इन्चको डिस्पले राखेको छ । ६ जीबी र्याम तथा १२८, २५६, ५१२ र १ टीबी स्टोरेज भएको फोनमा टु एक्स टेलिफोटो जुम फिचर पनि उपलब्ध गराइएको छ ।
१२ मेगापिक्सेलको सेल्फी क्यामेरा र ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड र १२ मेगापिक्सेलको टेलिफोटो क्यामेरा समावेश थियो । ए १६ बायोनिक चिपद्वारा सञ्चालित यो फोनमा ३२०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराइएको थियो । यसको सुरुवाती मूल्य एप्पलले ९९९ डलर रहेकाे छ ।
३७) आईफोन १४ प्रो म्याक्स (सेप्टेम्बर ७, २०२२)
आईफोन १४ प्रो म्याक्सलाई कम्पनीले अहिलेसम्मकै शक्तिशाली आईफोनका रूपमा चिनाएको छ । ए१६ बायोनिक चिपद्वारा सञ्चालित यस मोडेलमा कम्पनीले ६.७ इन्चको डिस्प्ले राखेको छ ।
१२ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यस मोडेलमा कम्पनीले १२ मेगापिक्सेलको अल्ट्रावाइड, १२ मेगापिक्सेलको टेलिफोटो र ४८ मेगापिक्सेलको मुख्य क्यामेरा समावेश गरेको छ । आईफोन १४ प्रो म्याक्समा पनि एप्पलले १४ प्रोको जस्तै क्रयाश डिटेक्सन, डाइनामिक आइल्यान्ड, अल्वेज अन डिस्प्ले तथा टु एक्स टेलिफोटो जुम फिचर अटाएको छ ।
६ जीबी र्याम भएको यस मोडेललाई कम्पनीले १२८, २५६, ५१२ र १ टीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध गराएको छ । ४३२३ एमएच क्षमताको ब्याट्री भएको यस मोडेलको सुरुवाती मूल्य कम्पनीले १०९९ डलर राखेको छ ।
३८) आईफोन १५ (१२ सेप्टेम्बर २०२३)
आईफोन १५ सिरिज आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स गरी चार ओटा मोडेलमा सार्वजनिक भएको थियो । आईफोन १५ अघिका फोनमा कम्पनीले लाइटिनिङ पोर्ट प्रयोग गर्दै आएको थियो । यस सिरिजमा भने टाइप-सी पोर्ट राखेर कम्पनीले चार्जिङ प्रणालीमा सबैभन्दा ठुलो परिवर्तन ल्याएको थियो । यस सिरिजको प्रो मोडेलमा कम्पनीले आफ्नो शक्तिशाली चिपसेट ए १७ बायोनिक उपलब्ध गराएको थियो । कम्पनीले आईफोन १४ सिरिजको प्रो मोडेलमा मात्र डाइनामिक आइल्यान्ड उपलब्ध गराएको थियो । पहिलो पटक सबै मोडलमा डाइनामिक आइल्यान्ड समावेश भएको सिरिज आईफोन १५ नै हो । कम्पनीले यस सिरिजको प्रो मोडेललाई टिकाउ र बलियो बनाउनका लागि पहिलो पटक टाइटानियम फ्रेम समावेश गरेको थियो । यसअघिका मोडेलमा भने कम्पनीले स्टेनलेस स्टिलको फ्रेम राख्दै आएको थियो । एप्पलले आईफोन १५ सिरिजको क्यामेरामा पनि धेरै राम्रो सुधार ल्याएको थियो । खासगरी यस सिरिजका प्रो मोडेलमा ‘एप्पल भिजन प्रो’का लागि उपयुक्त हुने स्पेसल भिडिओ खिच्न सक्ने गरी सेन्सर अपडेट गरिएको थियो ।
कम्पनीले यस सिरिजको प्रो मोडेलमा एक्सन बटनलाई पनि परिमार्जन गरेको थियो । प्रयोगकर्ताले त्यसअघि रिङ साइलेन्ट गर्न मात्र प्रयोग गर्न सकिने उक्त बटनलाई कम्पनीले कस्टमाइज गरेर भ्वाइस मेमो सुरु गर्ने, फोकस मोड एक्टिभेट गर्ने लगायतका शर्टकट फिचरहरू उपलब्ध गराएको थियो । यस सिरिजमा भएको अर्को आर्षक फिचर हो ‘रोडसाइड असिस्टेन्ट भाया स्याटलाइट’ । यसमा कम्पनीले यु टु अल्ट्रा वाइडब्यान्ड चिप पनि समावेश गरेको थियो । यस फिचरले हराएको एप्पल डिभाइस फेला पार्न मद्दत गर्छ । यहाँ क्लिक गरेर यस सिरिजको बारेमा विस्तृतमा पढ्न सक्नुहुन्छ ।