टेकपाना
असोज ५, २०८१ १६:५९
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले प्रदान गर्ने विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन खुलेको छ ।
एक सूचना प्रकाशित गर्दै नास्टले आर्थिक वर्ष २०८१/८२ मा प्रदान गर्ने १८ विधाका पुरस्कारका लागि आवेदन आह्वान गरेको हो ।
इच्छुक व्यक्तिले ४ कात्तिकसम्म आवेदन दिनुपर्नेछ ।
नास्टले आवेदन दिन आह्वान गरेको पुरस्कारहरूको सूची यसप्रकार छ:
नेपाल सरकारबाट
१. कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार
२. प्रकृति संरक्षण पुरस्कार
३. विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार
४. विज्ञान पुरस्कार
५. प्रविधि पुरस्कार
६. विज्ञान तथा प्रविधि युवा पुरस्कार
७. महिला विज्ञान तथा प्रविधि पुरस्कार
८. प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार
९. विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार
१०. विज्ञान शिक्षक पुरस्कार
११. उत्कृष्ट विद्यार्थी पुरस्कार
१२. गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार
आन्तरिक तर्फबाट
१. दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार
२. फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार
३. मोहनध्वज बस्नेत पुरस्कार (संस्थालाई)
४. भुवनेश्वर प्रविधि पुरस्कार
५. जितबहादुर नकर्मी धातु प्रविधि पुरस्कार
६. हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ पुरस्कार (सिभिल/स्ट्रक्चरल इन्जिनियरिङ)
हेर्नुहोस् सूचना
पछिल्लो अध्यावधिक: असोज ५, २०८१ १७:१०