close

विद्यार्थी स्तरीय तीन दिने अन्तर्राष्ट्रिय इन्जिनियरिङ प्रदर्शनी हुँदै, केके छन् आकर्षण ?

टेकपाना टेकपाना

असोज ७, २०८१ १७:६

विद्यार्थी स्तरीय तीन दिने अन्तर्राष्ट्रिय इन्जिनियरिङ प्रदर्शनी हुँदै, केके छन् आकर्षण ?

काठमाडौं । नेपालमा विद्यार्थी स्तरीय तीन दिने अन्तर्राष्ट्रिय इन्जिनियरिङ प्रदर्शनी आयोजना हुने भएको छ । इन्जिनियर्स भ्लग्सको आयोजनामा आउँदो २१ देखि २३ मंसिरसम्म ‘अर्बिट इन्जिनियरिङ एक्स्पो २.०’ नामक कार्यक्रम हुने भएको हो । 

सगरमाथा इन्जिनियरिङ कलेजमा हुने कार्यक्रममा विद्यार्थीहरूले बनाएका सयभन्दा बढी परियोजनाहरू प्रदर्शनमा राखिने आयोजकले जनाएको छ । यसका साथै नेपाल प्रहरी र नेपाली सेनाले समेत यस कार्यक्रममा आफ्नो प्रविधिहरू प्रदर्शनमा राख्ने छन् । 

त्यस्तै कार्यक्रममा २० ओटा क्षेत्रमा विद्यार्थीहरूबिच प्रतियोगिता समेत गराइने छ । जसमा ई-गभर्नेन्सदेखि स्पेस एक्स्प्लोरेसनसम्मका क्षेत्र रहेका छन् । यसैगरी कार्यक्रममा अन्तर्राष्ट्रिय रोबो वार, अन्तर्राष्ट्रिय रोबोट सकर (फुटबल), ४८ घण्टे ह्याकाथन, कोड डिकोड प्रतियोगिता, यूआई/यूएक्स डिजाइन प्रतियोगिता जस्ता गतिविधि पनि रहेको आयोजकले जनाएको छ ।

नि:शुल्क अवलोकन गर्न सकिने यो कार्यक्रम सबै उमेर समूहका लागि खुला हुनेछ । कार्यक्रमबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज ७, २०८१ १७:६