काठमाडौं । एनएमबि बैंकले बुद्ध भिसा डेबिट कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुटको घोषणा गरेको छ ।
चाडपर्वको अवसरमा ल्याइएको यस छुट योजनामा बुद्ध एयरको आधिकारिक वेबसाइटबाट बुद्ध भिसा कार्ड प्रयोग गरेर फ्लाइट टिकट काट्दा ग्राहकले १० प्रतिशत क्यासब्याक पाउनेछन्, जसको अधिकतम सीमा रु. ५०० सम्म हुनेछ ।
चाडपर्वको समयमा आफ्ना ग्राहकहरूको यात्रालाई थप सहज र किफायती बनाउन यो अफर ल्याएको कम्पनीले जनाएको छ । यो छुट अफर छठ पर्वसम्म लागू हुनेछ ।
यो अफरले ग्राहकको यात्रालाई थप किफायती बनाउन सहयोग पुर्याउने बैंक विश्वास छ ।