काठमाडौं । साओमीले इन्ट्री-लेभलको नयाँ स्मार्टफोन रेड्मी १४ सी नेपाली बजारमा उपलब्ध गराएको छ । ६.८८ इन्चको डट ड्रप डिस्प्ले, १२० हर्ज रिफ्रेस रेट, मिडियाटेक हेलियो जी ८१-अल्ट्रा प्रोसेसर लगायतका फिचर रहेको यो फोनले प्रयोगकर्तालाई सहज मल्टिटास्किङ र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।
फोनमा ५० मेगापिक्सेलको एआई डुअल क्यामेरा र १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । त्यस्तै यसमा १८ वाटको फास्ट चार्जिङसहित ५१६० एमएएच क्षमताको ब्याट्री राखिएको छ । साओमीले दाबी गरे अनुसार फोनले २२ घण्टासम्मको भिडिओ प्लेब्याक सपोर्ट गर्छ ।
अक्टाकोर सीपीयूका साथ यसमा रहेको कोर्टेक्स-ए७५ र कोर्टेक्स-ए५५ कोरले फोनको समग्र कार्यक्षमता उच्च बनाएको कम्पनीको भनाइ छ । त्यस्तै यसमा माली-जी५२ एमसी२ जीपीयू राखिएको छ, जसले गेमिङ र ग्राफिक्स सम्बन्धी अन्य कार्यमा उत्कृष्ट अनुभव पाउन सकिने बताइएको छ ।
फोनको महत्त्वपूर्ण फिचरका रूपमा १२० हर्ज रिफ्रेस रेट हो, जसले स्क्रोलिङ, भिडिओ स्ट्रिमिङ र गेमिङमा स्मुथ अनुभव दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ६०० निट्स एचबीएम (हाई ब्राइटनेस मोड) को मद्दतले उज्यालोमा पनि फोनको डिस्प्ले प्रस्ट देख्न सकिन्छ ।
रेड्मी १४ सी मिडनाइट ब्ल्याक, ड्रीमी पर्पल र सेज ग्रीन तीन रंगमा उपलब्ध छ । ४ जीबी + १२८ जीबीको भेरियन्ट रु. १३,९९९, ६ जीबी + १२८ जीबी रु. १५,९९९ र ८ जीबी + २५६ जीबीको मूल्य रु. १८,९९९ निर्धारण गरिएको छ ।