close

एक्सेस वर्ल्डका संस्थापक एवं सीईओ किशोर पन्थलाई ‘ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड २०२४’

टेकपाना टेकपाना

असोज १२, २०८१ १९:२३

एक्सेस वर्ल्डका संस्थापक एवं सीईओ किशोर पन्थलाई ‘ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड २०२४’

काठमाडौं । नेपाली आईटी उद्यमी किशोर पन्थले ‘ग्लोबल सीईओ एक्सिलेन्स अवार्ड २०२४’ प्राप्त गरेका छन् । बेलायतबाट प्रकाशित हुने ‘सीईओ मन्थ्ली’ ले पन्थलाई सो अवार्डका लागि छनोट गरेको हो । 

यसअन्तर्गत उनले ‘इन्फर्मेटिभ क्लाउड सर्भिसेस सीईओ अफ द इयर २०२४’ पुरस्कार पाएका हुन् । विशेषगरी क्लाउड प्रविधिमा राम्रा काम गरिरहेका सीईओलाई यो पुरस्कार दिने गरिन्छ । 

सीईओ मन्थ्लीले सन् २०१७ यता विश्वभरबाट सूचना प्रविधि लगायत विभिन्न क्षेत्रमा काम गरिरहेका कार्यकारीहरूलाई हरेक वर्ष अवार्ड प्रदान गर्दै आएको छ । 

यस अवार्डपछि अन्तर्राष्ट्रिय स्तरमा सीईओ तथा कम्पनीको नेटवर्क बढाउन भूमिका खेल्ने, कम्पनीको मार्केटिङ हुने तथा प्रतिष्ठा बढ्ने सीईओ मन्थ्लीको वेबसाइटमा उल्लेख छ ।

बेलायतमा आगामी अक्टोबरमा हुने एक कार्यक्रममा पन्थलाई उक्त अवार्ड गरिने बताइएको छ । अवार्डमा छानिएपछि थप प्रभावकारी रूपमा काम गर्न हौसला मिलेको पन्थले बताए ।

पन्थ निजी क्षेत्रको चर्चित डेटा सेन्टर एक्सेस वर्ल्ड टेक प्राइभेट लिमिटेडका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । उनी सूचना प्रविधि सम्बन्धी विभिन्न संघ-संस्थामा पनि क्रियाशील छन् ।

पछिल्लो अध्यावधिक: असोज १२, २०८१ १९:२८