close

विश्वका चौथो धनी मार्क जुकरबर्गको सम्पत्ति २६६ खर्ब नाघ्यो

टेकपाना टेकपाना

असोज १३, २०८१ ११:५५

विश्वका चौथो धनी मार्क जुकरबर्गको सम्पत्ति २६६ खर्ब नाघ्यो

काठमाडौं । मेटाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गको सम्पत्ति २०० अर्ब डलर नाघेको छ । ब्लुम्बर्ग बिलिनियर इन्डेक्सका अनुसार जुकरबर्गको सम्पत्ति एकै पटक ७३.४ अर्ब डलरले बढ्दा कूल सम्पत्ति २०१ अर्ब डलर (करिब २६८ खर्ब रुपैयाँ बढी) पुगेको हो । 

जुकरबर्ग धनाढ्य सूचीको शीर्ष चौथो स्थानमा यथावत् छन् । उनीभन्दा अगाडि क्रमशः बर्नार्ड अर्नल्ट, जेफ बेजस र एलन मस्क रहेका छन् । टेस्ला तथा स्पेस एक्सका सीईओ मस्कको सम्पत्ति २७२ अर्ब डलर बढी रहेको छ । उनी धनाढ्यको शीर्ष स्थानमा छन् । त्यस्तै बेजोस २११ अर्ब डलर सम्पत्तिसहित दोस्रो र अर्नल्ट २०७ अर्ब डलर सम्पत्तिसहित तेस्रो स्थानमा छन् । 

सन् २००४ मा सामाजिक सञ्जाल फेसबुक सार्वजनिक गरेका ४० वर्षीय जुकरबर्गको अधिकांश सम्पत्ति मेटाका प्लेटफर्मको स्टकमा निर्भर हुन्छ । सन् २०२४ मा मेटाको शेयर ६४ प्रतिशतले वृद्धि भएको छ । समाचारमाध्यम सीएनएनका अनुसार बुधबार मेटाको शेयर अहिलेसम्मकै उच्च बिन्दु (५६८.३१ डलर) मा पुगेको थियो । 

मेटाले सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, थ्रेड्स र मेसेजिङ एप ह्वाट्सएप व्यवस्थापन गर्छ । 

यस वर्ष अत्यधिक सम्पत्ति आर्जन गर्ने जुकरबर्ग एकमात्र व्यक्ति होइनन् । सन् २०२४ मा चिप निर्मता एनभिदियाका संस्थापक जेसेन हुवाङ र ओराकलका संस्थापक ल्यारी एलिसनको सम्पत्ति पनि क्रमशः ६२.२ अर्ब डलर र ५८.६ अर्ब डलरले बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज १३, २०८१ १२:३६