close

अब एनसेलले डेटा प्याक लिने ग्राहकको मोबाइल स्क्रिन टुटफुटको बीमा गरिदिने, कसरी लिने सुविधा ?

टेकपाना टेकपाना

असोज १७, २०८१ १८:५८

अब एनसेलले डेटा प्याक लिने ग्राहकको मोबाइल स्क्रिन टुटफुटको बीमा गरिदिने, कसरी लिने सुविधा ?

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले डेटा प्याकेज खरिद गर्दा मोबाइल स्क्रिन टुटफुट भएको बीमा सुविधा उपलब्ध गराउने भएको छ । कम्पनीले निश्चित डेटा प्याक खरिदमा मात्रै यस्तो सुविधा दिने भएको हो ।

यसका लागि ग्राहकले २०० रुपैयाँमा तीन दिन मान्य हुने २०० एमबी डेटा प्याकेज लिनुपर्ने हुन्छ । जसमा ३० दिन मान्य हुने १० हजार रुपैयाँसम्मको मोबाइल स्क्रिन ब्रेकेज बीमा सुविधा प्राप्त हुनेछ ।

यसका लागि *17110# डायल गर्नुपर्ने हुन्छ । यद्यपि यस्तो सुविधा एन्ड्रोइड फोनहरूका लागि मात्रै उपलब्ध गराइने कम्पनीले स्पष्ट पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८१ १८:५८