काठमाडौं । सामसङले नेपालमा हालैको बाढी, डुबान र पहिरोको विपद्ले पारेको प्रभावलाई मध्येनजर गर्दै एक विशेष अभियान सुरु गरेको छ । कम्पनीले बाढी र डुबानका कारण बिग्रिएका सामसङ मोबाइल लगायतका उत्पादन निःशुल्क रूपमा बनाइदिने अभियान सञ्चालनमा ल्याएको हो ।
सामसङ फ्लड केयर २०२४ नामक यो अभियान ग्राहकहरूलाई सहयोग गर्नका लागि सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । “पानी क्षति पुगेका सामसङ उत्पादनहरूको मर्मत-श्रम र पाटपुर्जा बिना कुनै शुल्क उपलब्ध गराउने छौं,” कम्पनीले भनेको छ, “यो सेवा वारेन्टी अवधिभित्र रहेका पानीले क्षतिग्रस्त सामसङ उत्पादनहरूको लागि मात्र लागु हुनेछ ।”
सामसङका ग्राहकहरूले आफ्नो नजिकैको सामसङ सेवा केन्द्रहरू (सर्त तथा नियम लागु) बाट १८ असोज देखि २७ असोज, २०८१ सम्म सेवा लिन सक्नेछन् । उपभोक्ताहरूले आफ्नो समस्या दर्ता गर्न २७ असोज, २०८१ सम्म +९७७–९८०१५७२६६७ वा १६६०–०१–७२६६७ मा सम्पर्क गर्न सक्नेछन् ।
सामसङ सर्भिस सेन्टर
१. सामसङ मोबाइल सर्भिस सेन्टर, वीरगन्ज
२. सामसङ मोबाइल सर्भिस सेन्टर, बिर्तामोड
३. सामसङ मोबाइल सर्भिस सेन्टर, हेटौँडा
४. सामसङ मोबाइल सर्भिस सेन्टर, जनकपुर
५. सामसङ मोबाइल सर्भिस सेन्टर, विराटनगर
६. सामसङ मोबाइल सर्भिस सेन्टर, इटहरी, सुनसरी
७. सामसङ मोबाइल सर्भिस सेन्टर, सुन्धारा, काठमाडौं
८. सामसङ मोबाइल सर्भिस सेन्टर, गाइघाट, उदयपुर
९. सामसङ मोबाइल सर्भिस सेन्टर, लहान, सिराहा
१०. सामसङ मोबाइल सर्भिस सेन्टर, दमौली, तनहुँ
११. सामसङ मोबाइल सर्भिस सेन्टर, बानेश्वर, काठमाडौं