close

मोबाइल तथा इन्टरनेट सेवा प्रदायकको आईएस अडिट गर्ने साइबर सुरक्षा कम्पनी खोज्दै दूरसञ्चार प्राधिकरण

टेकपाना टेकपाना

असोज २९, २०८१ १६:४२

मोबाइल तथा इन्टरनेट सेवा प्रदायकको आईएस अडिट गर्ने साइबर सुरक्षा कम्पनी खोज्दै दूरसञ्चार प्राधिकरण

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा परामर्श दिने कम्पनीहरूको रोस्टर तयार पार्ने भएको छ । मोबाइल, दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीको इन्फरमेसन सेक्युरिटी (आईएस) अडिट तथा क्लाउड सेक्युरिटी अडिट गर्नेहरूको सङ्क्षिप्त सूची प्रकाशन गर्ने उद्देश्यका साथ प्राधिकरणले रोस्टर तयार पार्न लागेको हो ।

साइबर सुरक्षा विनियमावली २०७७ अनुसार रोस्टरमा समावेश भएका साइबर सुरक्षा कम्पनी तथा फर्मले मात्रै सेवाप्रदायकको सेक्युरिटी अडिट तथा क्लाउड सेक्युरिटी अडिट गर्न सक्नेछन् । प्राधिकरणले आर्थिक वर्ष २०८१/०८२ (२०२४/२५) मा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकको साइबर सुरक्षा अडिटका लागि यस्तो रोस्टर तयार पार्न लागेको हो ।

रोस्टमा समावेश हुन चाहने साइबर सेक्युरिटी कन्सल्टिङ तथा अडिट फर्मका लागि योग्यता तथा मापदण्ड समेत स्पष्ट रूपमा तोकिएको छ । प्राधिकरणको रोस्टरमा आफ्नो साइबर सुरक्षा फर्मलाई समावेश गर्ने विषयमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

 

पछिल्लो अध्यावधिक: असोज २९, २०८१ १६:४२