close

के तपाईंलाई कसैले फेसबुकमा ट्याग गरेर दिक्क बनायो ?

टेकपाना टेकपाना

कात्तिक १, २०८१ १३:३७

के तपाईंलाई कसैले फेसबुकमा ट्याग गरेर दिक्क बनायो ?

काठमाडौं । फेसबुकमा कोही नचिनेको व्यक्तिले ट्याग गरेर हैरान हुनुभएको छ ? वा कहिलेकाहीं चिनेकै व्यक्तिले पनि अनावश्यक पोस्टमा ट्याग गर्दा दिक्क लाग्छ ?  त्यस्तो बेला तपाईंले आफूलाई उक्त ट्यागबाट हटाउन खोज्नु भएको होला । हटाउन सफल हुनुभएको त ठिकै छ नत्र आज हामी यो लेखमा फेसबुकमा आफूलाई अनट्याग कसरी गर्ने भन्ने विषयमा जानकारी दिन्छौं । 

ट्याग भएका पोस्टबाट यसरी अनट्याग गर्नुहोस् 

फेसबुक एपमा आफू ट्याग भएको कुनै पोस्टबाट सजिलै अनट्याग गर्न सकिन्छ । त्यसका लागि उल्लेखित प्रक्रिया अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले आफ्नो प्रोफाइल खोल्नुहोस् । 

  • त्यसपछि फोटोजको अप्सनमा जानुहोस् । 

  • अनि ट्याग्ड फोटोज (Tagged Photos) को अप्सन छान्नुहोस् ।

  • यति गरेपछि आफूले ट्याग गर्न चाहेको फोटोमा ट्याप गर्नुहोस् । 

  • माथि दायाँपट्टि भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् ।  

  • र, रिमुभ ट्याग (Remove Tag) को अप्सनमा ट्याप गर्नुहोस् । अन्तमा, कन्फर्म (Confirm) को बटनमा ट्याप गर्नुहोस् । 

 

धेरै पोस्टबाट एकसाथ अनट्याग गर्ने तरिका 

यदि तपाईं थुप्रै अनावश्यक पोस्टमा ट्याग हुनुभएको छ र त्यसलाई हटाउन खोज्नु भएको छ भने त्यसका लागि तल उल्लेख गरिएको तरिका अपनाउनुहोस् । 

  • सबैभन्दा पहिले फेसबुको एपको सर्च अप्सनमा गई ‘Activity Log’ सर्च गर्नुहोस् । 

  • अनि उक्त एक्टिभिटी लगमा ट्याप गर्नुहोस् । 

  • त्यसपछि ‘Your Facebook Activity’ को अप्सनमा जानुहोस् । 

  • र, ‘Activity you’re tagged in’ को अप्सनमा ट्याप गर्नुहोस् । 

  • यति गरेपछि ‘Posts and comments you’re tagged in’ वा ‘Photos and videos you’re tagged in’ को अप्सनमध्ये एउटा छान्नुहोस् । 

  • त्यसपछि आफूलाई जुन जुन पोस्टबाट हटाउन मन छ त्यही पोस्टको अगाडि भएको चेकमार्कमा ट्याप गर्नुहोस् । 

  • र, अन्तिममा तलपट्टि भएको ‘Remove Tag’को अप्सनमा जानुहोस् । यति गरेपछि तपाईं सजिलै धेरै पोस्टबाट आफूलाई एकैसाथ अनट्याग गर्न सक्नुहुन्छ । 

ट्याग गर्नै नमिल्ने कसरी बनाउने ? 

तपाईंले फेसबुकमा कसैलाई ट्याग गर्नै नदिने भन्ने हुँदैन । बरु तपाईंलाई कसैले ट्याग गरेको छ भने त्यसलाई टाइमलाइनमा देखाउने वा नदेखाउने भन्ने चाहिं छनोट गर्न मिल्छ । तल भनिएको तरिका अपनाउनु भयो भने तपाईंलाई कसैले ट्याग गर्‍यो भने तपाईंलाई नोटिफिकेसन आउँछ र त्यसबाट सोझै तपाईंले ट्याग हटाउने वा राख्ने भन्ने छान्न सक्नुहुन्छ । 

  • सबैभन्दा पहिले फेसबुकको सेटिङ एन्ड प्राइभेसी (Setting & Privacy)मा जानुहोस् । 

  • त्यसपछि सेटिङ (Setting) को अप्सनमा जानुहोस् । 

  • र, स्क्रोल गर्दै तल गएर ‘प्रोफाइल एन्ड ट्यागिङ’ (Profile and tagging) को अप्सनमा जानुहोस् । 

  • अनि ट्यागिङको सेक्सनबाट कसले ट्याग गर्न मिल्ने बनाउने, ट्याग भइसकेपछि कसले देख्ने बनाउने भन्ने छान्न मिल्छ । यसलाई आवश्यकता अनुसार मिलाउन सक्नुहुन्छ । 

  • तपाईंलाई कसैले ट्याग गरेको छ र त्यो टाइमलाइनमा देखाउने वा नदेखाउने भन्ने अप्सन छनोट गर्नुछ भने अन्तिममा रहेको रिभ्यु ट्यागको अप्सन अन गर्नुहोस् । र, अन्तिममा रहेको रिभ्यु पोस्टको अप्सन पनि अन गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८१ १८:२१