close

थ्रेड्सको नयाँ फिचर: तपाईँ अनलाइन भएको साथीहरूले सजिलै थाहा पाउने

टेकपाना टेकपाना

कात्तिक २, २०८१ ९:२१

थ्रेड्सको नयाँ फिचर: तपाईँ अनलाइन भएको साथीहरूले सजिलै थाहा पाउने

काठमाडौं । एलन मस्कको एक्ससँग प्रतिस्पर्धा गर्न मार्क जुकरबर्गले ल्याएको थ्रेड्सले तपाईं अनलाइन हुनुहुन्छ भने अन्य प्रयोगकर्तालाई स्वतः (बाइ डिफल्ट) रूपमा देखाउने भएको छ । इन्स्टाग्राम प्रमुख एडम मोसेरीले थ्रेड्समार्फत यस फिचर सार्वजनिक गरेका हुन् ।

उनका अनुसार यस फिचरले उही समयमा (रियल टाइम) अन्तर्क्रियाका लागि अन्य प्रयोगकर्ता खोज्न सहयोग गर्नेछ । यसको अर्थ थ्रेड्स प्रयोग गर्ने अन्य प्रयोगकर्ता अनलाइनमा रहेको वा नरहेको थाहा पाउन सहज हुनेछ ।

यद्यपि तपाईंले यो फिचर फेसबुक र इन्स्टाग्राममा जस्तै 'अफ' भने गर्न सक्नुहुन्छ । यसका लागि अन्य प्लेटफर्ममा जस्तै सेटिङमा गएर ‘प्राइभेसी’ मा क्लिक गरी त्यहाँ रहेको ‘अनलाइन स्ट्याटस’ भित्र उपलब्ध विकल्पमध्ये आफूलाई उपयुक्त हुने विकल्प छनोट गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८१ ९:४०