close

नेपाली बजारमा रेड्मीका दुई ट्याब्लेट सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

कात्तिक ८, २०८१ १८:३६

नेपाली बजारमा रेड्मीका दुई ट्याब्लेट सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । साओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ । कम्पनीले हालै रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी नेपाली उपभोक्तामाझ ल्याएको हो । यी दुवै ट्याब्लेटले प्रविधिमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीको दाबी छ ।

रेड्मी प्याड प्रो फाइभजी १२.१ इन्चको २.५के अल्ट्रा-क्लियर डिस्प्ले र स्न्यापड्रागन सेभेन एस जेन टु प्रोसेसरका साथमा आएको छ । त्यस्तै रेड्मी प्याड एसई ८.७ फोरजीलाई सानो, तर शक्तिशाली मनोरञ्जनात्मक ट्याब्लेटका रूपमा परिचित छ ।

रेड्मी प्याड प्रो फाइभजी

यो ट्याब्लेटमा १२.१ इन्चको डब्ल्यूक्यूएचडी प्लस डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट र १०,००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले ३३ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ ।

यसले लामो समयसम्म भिडिओ प्लेब्याक, गेमिङ र अन्य मनोरञ्जनका गतिविधिहरू सहज रूपमा चल्न मद्दत पुर्याउने कम्पनीको भनाइ छ । साथै, वाई-फाई सिक्स ई, डुअल सिम र डुअल फाइभजी सपोर्टले यसलाई अत्यन्तै व्यावसायिक र कार्यप्रदर्शनका लागि उपयुक्त बनाउँछ ।

रेड्मी प्याड एसई ८.७ फोरजी

यो डिभाइस ८.७ इन्चको डिस्प्ले र मिडियाटेक हेलियो जी८५ प्रोसेसरसहित आएको छ । यसले गेमिङ, स्ट्रिमिङ र ब्राउजिङका लागि उत्कृष्ट प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा ६,६५० एमएएच क्षमताको ब्याट्री छ, जसले १८ वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ ।

यी नयाँ ट्याब्लेटहरू नेपालभरका सबै अधिकृत मि स्टोरहरू, रिटेलर बिक्रेताहरू र ईकमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मूल्य

रेड्मी प्याड प्रो ५जी:

  • ६ जीबी + १२८ जीबी भेरियन्ट: रु ३९,९९९
  • ८ जीबी + २५६ जीबी भेरियन्ट: रु ४४,९९९

रेड्मी प्याड एसई ८.७ ४जी:

  • ६ जीबी + १२८ जीबी भेरियन्ट: रु १९,९९९

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८१ १५:२७