close

काठमाडौंमा डिजिटल बैङ्किङ कन्फ्रेस हुँदै, केके छन् आकर्षण ?

टेकपाना टेकपाना

कात्तिक २६, २०८१ १४:५४

काठमाडौंमा डिजिटल बैङ्किङ कन्फ्रेस हुँदै, केके छन् आकर्षण ?

काठमाडौं । फिन्टेक अलायन्स नेपालले आउँदो ६ मंसिरमा डिजिटल बैंकिङ कन्फ्रेस २०२४ आयोजना गर्ने भएको छ । काठमाडौं फिन्टेकसँग मिलेर डिजिटल बैङ्किक सम्बन्धी विभिन्न विषयमा छलफल हुने गरी  काठमाडौंमा यस्तो कार्यक्रम आयोजना गर्न लागिएको हो । 

कार्यक्रममा डिजिटल बैङ्क रूपान्तरणको रणनीति कस्तो हुनु पर्छ ? कार्यदिशा/कार्यान्वयन मा के कस्ता चुनौतीहरूलाई ध्यान दिनु पर्छ ? सम्भावित अवसर के के छन् ? ब्लकरहरूलाई कसरी पार गर्ने ? लगायतका विषयमा बृहत् छलफल हुने बताइएको छ । 

फिन्टेक अलायन्स नेपालका अध्यक्ष साजन शर्माले यस कार्यक्रमले नेपाली बैङ्किङ क्षेत्रलाई नयाँ युगमा प्रवेश गराउन सहयोग गर्ने बताए । काठमाडौं फिन्टेकका संस्थापक तथा आयोजक सञ्जीव सुब्बाले यो कार्यक्रमले नेपाली बैंकहरूलाई डिजिटल रूपान्तरणका विभिन्न आयामहरू केलाउन, सञ्चालन जोखिम घटाउन, ग्राहकलाई उच्च गुणस्तरीय सेवा छिटो/छरितो र सहज ढंगबाट प्रदान गर्न र दिगो रूपमा सफल हुन सघाउने जनाए ।

आयोजकका अनुसार कार्यक्रममा कोटक महिन्द्र बैंकका उच्च तहका पूर्व व्यवस्थापक तथा सूर्योदय स्मल फाइनान्स बैंकका सञ्चालक दीपक शर्मा, डिजिटल फिफ्थका संस्थापक समीरसिंह जैनी, डेसिमल टेकका संस्थापक ललित मेहता लगायत नेपाली वित्तीय क्षेत्रका उच्च पदस्थ व्यवस्थापकहरूले सम्बोधन गर्ने छन् । 

कार्यक्रमबारे थप जानकारी लिन [email protected] मा सम्पर्क गर्न सकिने छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८१ १४:५४