काठमाडौं । पहिरन सम्बन्धी ब्रान्ड ग्रिन लाइफ एक्सपिरियन्सले नेपाली बजारमा लक्जरी स्मार्ट वाच सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही ३० कात्तिकमा अर्बिट प्रो नामक नयाँ लक्जरी स्मार्टवाच ल्याउने भएको हो ।
कम्पनीका अनुसार अर्बिट प्रो स्मार्टवाच मात्र नभएर लक्जरी, स्टाइल र पर्फमेन्सको संयोजन हो । यो स्मार्टवाच फेसन र फङ्सन दुवै मन पराउनेका लागि लक्षित रहेको कम्पनीको भनाई छ ।
कम्पनीले यसमा प्रिमियम जिन्क एलोय स्टिल फ्रेम प्रयोग गरेको छ । यसले घडीलाई चमकदार, हलुका र टिकाउ बनाएको बताइएको छ । घडीमा १.४३ इन्चको एमोलेड स्क्रिन पाउन सकिन्छ । जसमा अधिकतम ब्राइटनेस ८०० निट्ससम्म रहेको छ ।
यसमा डायल पनि सजिलै परिवर्तन गर्न सकिनेछ । यसका लागि घडीमा ५+१ डायलको विकल्प रहेको छ । ती थ्रिडी र टुडी दुवैमा उपलब्ध हुने छन् । कम्पनीले यसमा २७० एमएएच क्षमताको पोलिमर लिथियम ब्याट्री राखेको छ । यसलाई दुई घण्टाभित्र चार्ज गरेर २० दिनसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।
त्यस्तै आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै कम्पनीले यसमा विभिन्न मोड दिएको छ । जसमा दौडिनेदेखि उकालो चढ्नेसम्मका १७८ स्पोर्ट्स मोड छन् । यसका साथै मुटुको गति निगरानी गर्ने, रगतमा अक्सिजन स्तर मापन गर्ने, निद्रा ट्र्याकिङ गर्ने, महिनावारी चक्र ट्रयाकिङ गर्ने जस्ता स्वास्थ्य सम्बन्धी जानकारी सङ्कलन गर्ने मोडहरू समेत रहेका छन् ।
प्रयोगकर्ताले आफ्नो स्मार्टफोन कनेक्ट गरेर यस स्मार्टवाचबाट नै मौसम सम्बन्धी जानकारी लिने, नोटिफिकेसन तथा एसएमएस प्राप्त गर्ने, रिसेन्ट कन्ट्याक्ट व्यवस्थापन गर्ने जस्ता काम गर्न सक्छन् । ब्लुटुथ भर्सन ५.२ भएको यस स्मार्टवाचमा इनबिल्ट स्पिकर र माइकसमेत रहेको छ । यसले गर्दा स्मार्टवाच लगाएपछि फोन उठाउन स्मार्टफोन खोजी रहनु पर्दैन ।
नेपाली बजारमा यो घडी ब्ल्याक, सिल्भर, ब्ल्याक गरी तीन रङमा उपलब्ध हुनेछ । लञ्च अफर अन्तर्गत कम्पनीले ७,९९९ रुपैयाँ पर्ने यो घडी ४,२९९ रुपैयाँमा दिँदै छ । ग्राहकले यसलाई दराज, कम्पनीको आधिकारिक स्टोर अथवा रिटेल स्टोरहरूबाट खरिद गर्न सक्ने छन् ।